Welcome to ...

बेलायतमा चोरको बिगबिगी: नेपालीहरु निशानामा
रोशन मेवाहाङ्ग लण्डन,फाल्गुन ०३ - केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत हाल हव्किङ्ज निवासी थापा परिवारको घर फुटाई सुन तथा बहुमूल्य वस्तुहरु तस्करी भएको छ । वेलायतमा विशेषगरी ठुलो संख्यामा रहेका नेपाली समुदाय अल्डरसट, रिडिङ्ग, स्विन्डन, आश्फोड र फोक्सटन लगायत अरु विभिन्न ठाँउका नेपालीहरुको घरलाई विशेष निशाना बनाएर बाराम्बार चोरी भईरहेको पिडीत वर्गहरुले जानकारी दिएका छन् । गत महिना भित्र मात्रा अल्डरसट, स्विन्डन, आश्फोड र फोक्स्टमा बसोवास गरीरहेका नेपालीहरुको घरबाट करोडौंको सम्पत्ति दिनदहाडै लुटिएको पिडित पक्षबाट जानकारीमा आएको छ । चोरी हुने क्रम बढदो छ तर दोषि भने अहिले सम्म प्रकाउमा नआउनु यो पनि एक आश्चर्य जनक रहेको छ । किन बेलायतका प्रहरी यस्ता घटना प्रति मौन छन् ? के दोषि हुनु भन्दा दोष सहेर बस्नु झन् गलत हो तरुअब यो विषयमा बेलायती नेपालीहरुले गम्भीर भएर सोच्नुपर्ने समय आइसकेको छ । प्रहरी : केन्ट प्रहरी वृतका अनुसार घटनामा नेपाली र भारतीय नागरिकको संलग्नता रहेको अनुमान गरिएको छ । आखिर यो सत्य हो भने कुनैपनी हालतमा त्यस्ता ब्यक्तिहरुलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिलाउनु पर्छ जस्ले गोर्खालीहरुले दुई सय बर्षको इतिहासलाई माटोमा मिलाउने प्रयास गरिरहेको देखिन्छ । यस्तो घटना हामि जो कसैलाई पनि कुनै समयमा पर्न सक्ने भएको हुनाले अब नेपालीहरु एकजुट भई अगाडि बढन आवश्यक देखिन्छ । चाहे त्यो चोर होस अथवा प्रहरी, यो चोर प्रहरीको खेलमा सामिल भईरहने हाम्रो समय भने अवश्य छैन । सावधानः सुन तथा बहुमूल्य वस्तुहरुको बिमा गरी तस्वीर कैद गरिएमा खोज तलास गर्न सजिलो हुने केन्ट प्रहरी वृतले जानकारी दिएको छ । समुदायमा राम्रो सम्बन्ध, घर घरमा आलाराम अथवा सिसी क्यामेराको ब्यवस्था गर्न सकिए चोरीबाट बच्न सकिने फोक्स्टन निवासी संकरमणी नेपालले बताए । पिडित थापा मगरले ढोकामा चावि नछोडन सल्लाह दिएका छन् । आ-आफनो संस्कृतिक झल्काउन परम्परा अनुसार गरगहना लगाइए पनि कसरी बचत गर्न सकिन्छ आफै सचेत हुन जरुरी रहेको साथै बेलायतमा हुने विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु विवाह, व्रतवन्द, जातिय संस्था लगायतका कार्यक्रममा अत्यावश्यक भन्दा धेरै देखावटी रुप नगर्न नेपाली समुदायका केहि अगुवाहरुले सल्लाह दिएका छन् ।

0 comments

Write Down Your Responses