काठमाडौं : महाशिवरात्रि एवम् सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह गरेको छ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलको वीर स्मारकमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गरेकी छिन् भने नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरेकी छिन्। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।
से
ना दिवसको समारोहमा ‘फ्री फल जम्प’का विजयीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरेकी छिन्। फ्री फल जम्पमा हुद्धा रुवेन पतवार प्रथम, अर्जुन गौतम दोस्रो भएका छन्।
टुँडिखेलमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ आरम्भ गर्नुका साथै बढाइँ कवाजअन्तर्गत लहरे, एकठठा, षट्कोष आकार, डमरु त्रिशूलको आकृति प्रस्तुत गरेको छ । मार्चपास, सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको छ।
कार्यक्रममा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरेको छ । सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । कार्यक्रममा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको छ।
सँगै विशेष फौज बाहिनीबाट आतङ्ककारी आक्रमणमा परेका नागरिकलाई उद्दार गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरिएको छ। सामारेहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्ती पनि सहभागी थिए।
समारोहमा रक्षामन्त्री बालकृष्ण खाँणसहितका मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभावको पनि सो अवसरमा उपस्थिति थियो ।
समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रकृति संरक्षणअन्तर्गत प्रथम हुने श्रीजङ्ग गण र वीरभद्रजङ्ग गुल्मलाई ट्रफी प्रदान गरे। प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा प्रथम हुने मध्यपृतनालाई प्रधानसेनापति ट्रफी प्रदान गरियो । समारोहमा दुर्गाबक्स गणलाई ब्यानर प्रदान गरिएको थियो । रासस

३ फागुन, काठमाडौं । अनुसन्धान बिभागको असई बनाइदन्छिु भनि ठगी गर्ने मोरङका प्रेम पुरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
कञ्चनपुर पिपलाडिन ५ का दिपेन्द्र कार्कीसहित केहि व्यक्तिलाई राष्ट्रिय अनुसन्धान बिभागको असई पदमा जागीर लगाइदिने प्रलोभनमा ठगी गर्ने मोरङ बेलबाडीका पुरीलाई प्रहरीले झापाको काँकडभिट्टाबाट पक्राउ गरेको हो ।
उनले प्रहरी सहायक निरिक्षक पदमा जागीर लगाइ नियुक्तिपत्र दिने भन्दै प्रतिव्यक्ति २ देखि ७ लाखसम्म असुलेका थिए । पछि नियुक्तिपत्र दिन नसकेपछि पीडितहरु प्रहरीको शरणमा पुगेका थिए ।
आरोपी पुरीले अरुलाई विश्वासमा पार्न जिविस सप्तरीको राजविराजस्थित कार्यालयबाट दजारी भएको गाविस सचिवको नक्कली स्थाई नियुक्तिपत्र दिँदै हिडेको तथा आइएमईबाट मात्र पैसा लिने गरेको भेटिएको प्रहरीले जनाएको छ ।
२०७३ फागुन ३ गते १५:२५ मा प्रकाशित
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा परिमार्जनसहित संवैधानिक राजसंस्थाका पक्षमा जनमत निर्माण गर्ने निर्णय भएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
पार्टीले अवलम्बन गरेको सनातन हिन्दू राष्ट्र नेपाल कायम गराउनेलगायत कार्यदिशालाई पनि बैठकले पारित गरेको छ ।
संवैधानिक राजसंस्थाका विषयलाई पार्टीको महाधिवेशनमा छलफल गरी निर्णय लिइनेछ । तत्कालीन राप्रपा र राप्रपा नेपालको गत मङ्सिर ६ गते भएको एकीकरणमा राजसंस्थाको विषय महाधिवेशनबाट टुङ्गो लगाइने समझदारी गरिएको थियो ।
बैठकमा राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको आर्थिक कार्यपत्रमार्फत जनपक्षीय उदारवाद नेपालको अर्थ राजनीतिको आधार हुनुपर्ने निष्कर्ष निकालिएको छ ।
पार्टीले अङ्गीकार गरेको आर्थिक उदारवादमा नवसामन्तवाद, आर्थिक शोषण र यसले प्रोत्साहन गरेको भ्रष्टचारविरुद्ध केन्द्रित हुने आधार तयार गरिएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार बिहान पुनः बस्नेछ । रासस
सोमबार गौर आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल(ढाका टोपीलगाएर कुर्सीमा बसेका) सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै। तस्बिरः मदन ठाकुर
रौतहट– नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल प्रहरीको आइजिपी नियुक्तिका विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन्।
सर्वोच्च अदालतले आइजिपी नियुक्तिको निर्णय तत्काल कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश जारी गरेको अवस्थामा आफूले उक्त विषयमा बोल्नु उपयुक्त नहुने उनले बताएका हुन्।
सरकारले आइतबार डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजिपी नियुक्त गरेलगत्तै आइतबार आइजिपीका दाबेदार डिआइजी नवराज सिलवालले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले सोमबार आजिपी नियुक्तिको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारकालाई अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि नेता नेपालको यस्तो भनाई आएको हो।
‘आइजिपी नियुक्तिको विषय सर्वोच्चको भइसक्यो, अहिले मैले कुनै प्रतिक्रिया जनाउनु आवश्यक छैन,’ उनले भने, ‘आइजिपीका दावेदारे सबै व्यक्ति मेरा ‘फेब्रेट’ हुन्।’
एमालेका सक्रिय कार्यकर्ता रौतहटका श्रीप्रकाश ठाकुरको निधनप्रति समवेदना प्रकट गर्न सोमबार सदरमुकाम गौर आइपुगेका नेता नेपालले सञ्चारकर्मी कुरा गर्दै यस्तो बताएका हुन्।
एमालेले एमाओवादी र मधेसी मोर्चालगायतका दलसँग सम्वाद र छालफलको थालनी गरेको भन्दै त्यसले एकअर्काको कुरालाई बुझ्न सहयोग पुग्ने र मुलुकको समस्या समाधान गर्ने बताए।
‘सम्वादको सुरुआत समस्या सधानका लागि पहिलो खुड्किलो हो,’ उनले भने, ‘सत्ताधारी पार्टी र हाम्रो पार्टीबीच भइरहेको सम्वादले मुलुकमा विद्यमान जटिलताहरु सुल्झाउन सक्छ, यो स्वागत योग्य छ।’
निर्वाचन र संविधानको कार्यान्वयन नै यतिबेला प्रमुख एजेन्डा भएको भन्दै उनले जति सक्दो छिटो स्थानीय निर्वाचन गरेर संविधान कार्यान्वयन गराउनेतर्फ अग्रसर हुन सबै पक्षलाई आग्रह गरे।
स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले स्थानीय विकासनिर्माणका कार्यमा भ्रष्टाचार बढ्दै गएकोले पनि स्थानीय निकायको निर्वाचन अत्यन्त जरुरी रहेको भन्दै उनले निर्वाचनबाट कुनै पनि राजनीतिक दल भाग्नु नहुने बताए ।
विगतका प्रधानमन्त्रीहरुले स्थानीय निकायको निर्वाचन गराउन आँट नगरेका कारण स्थानीय निकायमा बजेटको चरम दुरुपयोग भएको नेता नेपालले दाबी गरे।
तीन वर्षअघि नै स्थानीय निकायको निर्वाचन भईसक्नुपर्ने भए पनि अब जतिसक्दो चाँडो मुलुकलाई निर्वाचनमय बनाउनु आवश्यक रहेको उनले बताए।
राजनीतिक दललाई हार वा जितको अन्यौलताले नै कुनै पनि सत्ताधारी पार्टीहरु निर्वाचनमा जान हिम्मत जुटाउन नसकेको गुनासो गर्दै उनले स्थानीय निकाय वा स्थानीय तहको निर्वाचन हुनपर्नेमा जोड दिए।
स्थानीय निकायको निर्वाचन अहिले गराएर पाँच वर्षपछि स्थानीय तहको निर्वाचन गराउनमा कुनै संवैधानिक जटिलता नआए हाल स्थानीय निकायकै चुनाव गराएर स्थानीय निकायमा भइरहेका चरम भ्रष्टाचारलाई समाप्त गर्नुपर्ने उनले बताए ।
मधेशी मोर्चाको अडानलाई सम्बोधन नगरी निर्वाचनमा कसरी जान सकिन्छ ? भने प्रश्नमा नेता नेपालले यदी लोकतन्त्रमाथि विश्वास गर्छन् भने निर्वाचनसँग मोर्चा डराउनु नहुने बताए । तर भारतमा प्रयोग गरिने भाषाको अडान उनीहरु राख्नु निकै दुखद् भएको उनको भनाइ छ।
‘यदी हामी नेपाली हौं भने पहिला नेपाली भावनालाई स्वीकार गरी नेपालमा बोलिने भाषाको पहिचान अगाडि बढाउनु पर्छ,’ उनले भने, ‘विदेशीलाई नागरिकता दिने काम नेपालमा कहिल्यै हुँदै, मधेशमा पुस्तौंपुस्तादेखि बसोबास गरिरहेका नेपालीहरु मधेशका धर्तीपुत्र हुन्, त्यसलाई भारतीय भन्नु गलत हो, मेरै जन्म गौरमा भएको हो र मेरो मावली सिरहामा छन्।’
आफूलगायत सम्पूर्ण मधेशका जनताहरु मधेशका धर्तीपुत्र भएको भन्दै नेता नेपालले मधेशमा केही बाहिरबाट आएको भए पनि मधेशमा बस्ने सबै नेपाली नै भएको बताए ।
नेपालको समस्या समाधान गर्न एमालेसहितको राष्ट्रिय सरकार गठनको सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा नेता नेपालले एमालेले जोडघटाउको राजनीति कहिल्यै नगरेको र सत्तामा जाने कुरा नभई मुलुकको समस्या कसरी समाधान हुनपर्छ भन्ने विषयमा एमाले गम्भीर भएर अघि बढिरहेको बताए।
फोटोहरु