भारतबिरुद्ध लडेर प्राण आहुती दिएका गोविन्द गौतमको शव यात्रा सुरु, सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
।
नेपाल भारत सिमाना दशगजा क्षेत्रमा कलर्भट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर गत सोमबार गौतमको ज्यान गएको थियो ।
गौतमको शवलाई ११ जना प्रहरीको सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए ।
सरकारले गौतमको परिवारलाई शहिद घोषणा गर्ने निर्णय गर्दै १० लाख रुपैयाँ दिने निर्णय मन्त्रीपरिषदबाट भने पारित गरेको छ ।
1 comments
Write Down Your Responses


March 12, 2017 at 10:00 AM
कति सम्म सहने???? सहने पनि हद हुन्छ जुन कुरामा सत्तेता छ त्यो कुराको बिजय हुन दिदैन । भने अलिकति दिमग लगाउ नेपाल सरकार त्यो कुरा अवस्य जित हुने छ तेसैले सक्दो छिटो india लाई अन्तर्राष्ट्रिय मुद्दा दायर गरि india को घमण्ड तोडनु पर्छ सबक सिकाउनु पर्छ।अँखा को नानी सानो भयपनी भुमिका ठुलो हुन्छ भनेर