समाचार
»
भारतबिरुद्ध लडेर प्राण आहुती दिएका गोविन्द गौतमको शव यात्रा सुरु, सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
भारतबिरुद्ध लडेर प्राण आहुती दिएका गोविन्द गौतमको शव यात्रा सुरु, सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने
कञ्चनपुर, फागुन २९ – भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको शव यात्रा सुरु भएको छ । यसअगाडी सरकारले शवयात्राका लागी फोहोर बोक्ने गाडी पठाएको भन्दै आफन्तले प्रर्दशन गरेपछि अहिले अर्को गाडी पठाएर शव यात्रा सुरु गरिएको छ

।
नेपाल भारत सिमाना दशगजा क्षेत्रमा कलर्भट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर गत सोमबार गौतमको ज्यान गएको थियो ।
गौतमको शवलाई ११ जना प्रहरीको सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए ।
सरकारले गौतमको परिवारलाई शहिद घोषणा गर्ने निर्णय गर्दै १० लाख रुपैयाँ दिने निर्णय मन्त्रीपरिषदबाट भने पारित गरेको छ ।
March 12, 2017 at 10:00 AM
कति सम्म सहने???? सहने पनि हद हुन्छ जुन कुरामा सत्तेता छ त्यो कुराको बिजय हुन दिदैन । भने अलिकति दिमग लगाउ नेपाल सरकार त्यो कुरा अवस्य जित हुने छ तेसैले सक्दो छिटो india लाई अन्तर्राष्ट्रिय मुद्दा दायर गरि india को घमण्ड तोडनु पर्छ सबक सिकाउनु पर्छ।अँखा को नानी सानो भयपनी भुमिका ठुलो हुन्छ भनेर