सप्तरी अपडेट : भारदहस्थित सशस्त्र प्रहरीको चेकपोस्टमा आगजनीn
मधेसी मोर्चाका कार्यकर्ताले राजविराज-६ स्थित स्थानीय शान्ति समितिको कार्यलयमा आगजनी गरेका छन्। आक्रोशित भीडले कार्यालयको पहिलो तल्लामा आगजनी गरेको हो। आगलागीबाट पहिलो तल्ला जलेर नस्ट भएको छ।
अदालत रोडमा प्रहरी र मोर्चा कार्यकर्ताबीच भीडन्त जारी छ। प्रर्दशनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले तीन सेल आश्रुग्यास प्रहार गरेको छ।
यता अदालत रोडमा प्रहरी र मोर्चा कार्यकर्ताबीच भीडन्त जारी छ। प्रर्दशनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले तीन सेल आश्रुग्यास प्रहार गरेको छ।
सोमबार प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएपछि मोर्चा कार्यकर्ता आन्दोलित भएका हुन्। प्रदर्शनकारीले आज बिहानैदेखि राजविराज ठप्प पारेका छन्।


0 comments
Write Down Your Responses