बल प्रयोग नगर्न सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनn
यसैबीच उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखलाइ मंगलबार बिहान प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरीमा हिजो भएको मानवीय क्षतिको घटनाबारे जानकारी लिएका छन्।
गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अवस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।
करिब डेढघण्टा लामो छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यविभाग प्रमुखसहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीलगायतको उपस्थिति रहेको थियो।
त्यसक्रममा सुरक्षा निकायका प्रमुखले सोमबार र मंगलबार भएका घटनाबारे जानकारी गराएका थिए।


0 comments
Write Down Your Responses