सप्तरीमा मृतकको संख्या : काठमाडौँमा मधेशी मोर्चाले भन्छ चार, सप्तरीको मोर्चा भन्छ तीन read
यता मधेशी मोर्चाका नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्रराय यादवसँग जिज्ञासा राख्दा उनले समाचारमाध्यममा आएका तथा जिल्लास्थित नेता तथा कार्यकर्ताहरुले दिएको जानकारीको आधारमा विज्ञप्ति जारी गरेको बताए ।
‘हालसम्म मृतकको संख्या कन्फर्म छैन । कोही सात भन्छन्, कोही भने चार भन्दैछन्, कोहीले तीन भन्छन्,’ उनले भने ।
गृहमन्त्रालयले मध्यरात विज्ञप्ति जारी गर्दै मृतकको संख्या ३ रहेको बताएको थियो ।
संघीय समाजवादी फोरम नेपालका कार्यालयमा अहिले संघीय गठबन्धनको बैठक बसिरहेको छ ।
हिजो सप्तरीमा भएको घटनालाई लिएर आगामी रणनीतिको बारेमा छलफल हुने बताइएको छ ।
त्यसैगरि, दिउँसो तीन बजे मधेशी मोर्चाको बैठक बस्ने भएको छ ।


0 comments
Write Down Your Responses