Welcome to ...

सरकारलार्इ दिएको समर्थन फिर्ता लिँदै मधेसी मोर्चा1
काठमाडाैं: संघीय गठबन्धन केन्द्रीय आन्दोलन परिचालन समितिले वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारेमा मधेसी मोर्चासहित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँगको छलफलपछि निर्णय गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले समर्थन फिर्ता लिनेबारे छलफल गरेको हो । आन्दोलन परिचालन समितिको बैठकमा आफूहरूले उठाएका २६ बुँदे माग अहिलेसम्म पनि कार्यान्वयन नभएको, गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण आयोगले संख्या र सीमा निर्धारण नगरेको अवस्थामा निर्वाचन मिति घोषणा गर्नु आफैंमा असंवैधानिक भएकोबारे पनि छलफल भएको थियो । सरकार आफैंले संसद्मा दर्ता गरेको संशोधन विधेयक परिमार्जनसहित पारित नगरी २०७४ वैशाख ३१ का लागि निर्वाचन घोषणा गरिएकाले स्थानीय तहको निर्वाचन आफूहरूलाई मान्य नभएको र त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय मोर्चाले गरेको छ । आन्दोलनका भाबी कार्यक्रम तय गर्न संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा वृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती सदस्य छन् ।

0 comments

Write Down Your Responses