Welcome to ...

गौतमलाई गोली हानिएको अानन्द बजार नाका तनाबग्रस्त, भारतीयका पसल तोडफोड
धनगढी— भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमले ज्यान गुमाएको कञ्चनपुर, आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार तनाबग्रस्त छ। करिब ८ सय नेपाली युवा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनमा उत्रिएका युवाले भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल जलाइदिएका छन्। भारतीयले नेपाली भूभागमा सञ्चालन गरेका पसल तोडफोड गरिदिएका छन्। प्रदर्शनमा उत्रिएका युवाले भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल जलाइदिएका छन्। भारतीयले नेपाली भूभागमा सञ्चालन गरेका पसल तोडफोड गरिदिएका छन्। स्थिति नियन्त्रणमा लिन नेपाली सुरक्षाकर्मीलाई गाह्रो भएपछि धनगढीबाट थप सुरक्षाबल पुनर्वास पठाइएको छ। 'करिब ८ सय मान्छे प्रदर्शनमा उत्रिएका छन् भन्ने जानकारी आएको छ', सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम रावलले नागरिकन्युजसँग भने, 'स्थिति नियन्त्रणमा लिन धनगढीबाट थप सुरक्षाकर्मी भर्खरै पठाइएको छ।' सशस्त्र प्रहरीको करिब ५० जनाको टोली पुर्वास गएको उनले जानकारी दिए। पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागी बिहीबार पुनर्वास–८ आनन्दबजार निवासी ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो। भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा घुसेर नेपालीमाथि गोली चलाउँदा ६ जना घाइते भएका थिए। ती मध्ये सुरेश थापाको अवस्था गम्भीर छ। उनको सेती अस्पतालमा उपचार भइरहेको छ। घटनाको विरोधमा कैलालीको गौरीफन्टा नाकामासमेत शुक्रबार बिहानैदेखि सयौं नेपाली युवाले प्रदर्शन गरिरहेका छन्। अप्रिय घटना हुन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्। बुधबार राति एसएसबीका जवान सीमावरि आएर नेपालीलाई कुटपिट गरेका थिए। भारतीय सुरक्षाकर्मीको दमनको विरोधमा उत्रिएका स्थानीयलाई एसएसबीले नेपाली भूमिमै आएरै गोली चलाएको थियो।

0 comments

Write Down Your Responses