Welcome to ...

धनगढीको त्रिनगरमा स्थिति तनावपूर्ण। प्रहरी-प्रदर्शनकारीबीच झडप [फोटो फिचर]
धनगढी- भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामा एक नेपालीको मृत्यु भएपछि स्थानीय युवा आक्रोशित बनेका छन्। शुक्रबार धनगढीमा सयौंको संख्यामा जम्मा भएका युवाहरु भारतीय नाका गौरीफन्टा पुगेका छन्। अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्। अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्। सम्भावित घटनाको मध्यनजर गर्दै भारतीय प्रहरीहरु गौरीफन्टा नाकासहितका सीमा क्षेत्रका अलर्ट अवस्थामा रहेको बताइएको छ। प्रहरीको बाटो छलेर मौना नदी नजिक पुगेका सयौं युवाहरुले भारतविरोधी नारा लगाइरहेका छन्। नदी पारिपट्टि भारतीय सुरक्षाकर्मी अलर्ट अवस्थामा छन्। भारतीय सुरक्षाकर्मीले सुन्नेगरी नेपाली युवाले वारिबाट भारतविरोधी नारा लगाइरहेका छन्। बिहीबार पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय प्रहरीको गोली लागेर ३० वर्षीय गोविन्द गौतमको निधन भएको थियो। भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा घुसेर नेपालीमाथि गोली चलाएका थिए। भारतीय सुरक्षाकर्मीको गोलीबाट ६ जना घाइते छन्। बुधबार राित एसएसबीका जवान सीमावरि अाएर नेपालीलाई कुटपिट गरेका थिए। नेपालीको विरोधको दमनमा उत्रिएका स्थानीयलाई भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै अाएर गोली चलाएका थिए। भारतीय सुरक्षाकर्मीको गोलीबाट स्थानीय गोविन्द गाैतमकाे मृत्यु भएको थियो।

0 comments

Write Down Your Responses