फाल्गुन ७, २०७३- तीन वर्षको उमेरमा बुवाको बुइँ चढेर भारतको पन्जाब राज्यस्थित पटियाल सहर पुगेका एक बालकको निधारमा भाग्यले पुन: नेपाल नै फर्किने कुरा सायद पहिल्यै लेखिदिएको थियो । त्यही लेखनीले धेरै हन्डर र ठक्कर खुवाएर उनलाई नेपाल लिएर आयो ।
जाँदा बुइँ चढेर गएको बच्चो लभगभ १३–१४ वर्षपछि आफ्नो गन्तव्य खोज्दै सीमाभित्र प्रवेश गर्यो । नेपाली भूमिमा पाइला राख्दा ती किशोरले सायदै सोचेका थिए– इतिहास लेखिँदै छ । समाज र परिवारको बन्धनबाट स्वतन्त्र उड्ने अवसर पाउँदाको स्वर्णिम गाथा बनेको त्यो एउटा नाम हो– सोमपाल कामी ।
उनलाई उनको जन्मदिवसको दिन गौशालास्थित एक होटलमा भेट्दा उनी निकै प्रसन्न र उत्साहित थिए । टिम नेपालले उनको जन्म दिनका लागि के योजना बनाएको छ भन्ने कौतूहलका कारण थियो त्यो उत्साह । केही औपचारिकतापछि उनी भारतीय लवज मिश्रित नेपालीमा गफिन थाले । क्रिकेटलाई धर्मझैं ग्रहण गरेको भारतीय भूमिमा बिताएको शैशवकालका कारण उनीमा पनि यो खेल समाहित भएको अनुमान लगाउन धेरै समय लागेन । जब–जब उनी बाल्यकालमा टेलिभिजनको पर्दामा सचिन तेन्दुल्करले प्रहार गरेको ‘स्ट्रेट ड्राइभ’ को कुरा गर्थे उनको मुहारमा खुसी झल्किन्थ्यो ।
हरेक वर्ष क्रिकेटमा नयाँ नाम दिन सफल भारतमा कुनै एउटा नेपाली ठिटोको उदय उति सहज थिएन । तर, सोमपालले टीभीको पर्दामा हेरर बुनेको आफ्नो सपनालाई साकार बनाउन वास्तविक मैदानमा प्रवेश गरे । सुरुमा उनको स्कुल टिममा छनोट भयो । त्यो छनोटले उनको सपनाको उडानलाई अर्को उचाइमा लगिदियो । ‘ल्यान्ड’ गर्ने धावनमार्ग पहिल्याउन भने उनलाई कठिन हुँदै गयो ।
विद्यालयस्तरका प्रतियोगितामा ‘अलराउन्ड पर्फमेन्स’ देखाएकै कारण उनलाई प्रशिक्षक र स्कुल व्यवस्थापनले पनि माया गर्थे । तर बाबुको मासिक ८–१० हजार आम्दानीले उनको सपनालाई गति दिन भने मुस्किल थियो । उनले हरेस भने खाएनन् । कहिले कसरी, कहिले कसरी आफूलाई चाहिएको सामग्री जोहो गर्दै खेलमा विराम लगाएनन् ।
पन्जाब क्षेत्रबाट विद्यालयस्तरीय प्रतियोगिता खेल्न उनी भारतका विभिन्न सहर मुम्बई, जम्मु र चण्डीगढ पनि पुगे । इन्डिया ट्वान्टी–२० फेडेरेसन प्रतियोगितामा उनले आर्मीको इन्डियन जवानबाट तीनपल्ट खेलिसकेका छन् । पछिल्लोपल्ट उनी त्यो टिमको कप्तान नै थिए । तीनै सिजन उनले आफ्नो टोलीबाट सर्वाधिक रन बनाएका थिए । आफ्नो प्रदर्शनका कारण विद्यालयस्तरमा सधैं चर्चामा रहे पनि राज्यस्तरमा भने चुनिएनन् । त्यसले उनको चित्त दुखाएको थियो । प्रदर्शनकै कारण किङ्स इलेभेन पन्जाबको टिमसँग केही समय प्रशिक्षण गर्न पाउनु उनका लागि निकै रोचक अनुभव थियो ।
पन्जाबमा रमाइरहेका सोमपाललाई फेसबुकमा भेटिएका अर्जुन अधिकारीसँगको चिनजानले नेपाल डोर्याएको हो । अर्जुनले नै उनलाई नेपालमा मौका मिल्न सक्छ भन्ने बताए । उनले यो कुरा आफ्नो प्रशिक्षक प्रमोद कुमारलाई बताए । प्रशिक्षक त्यसमा सहमति देखाएपछि उनले नेपाल आउने निर्णय गरे । ‘प्रमोद सरले मेरो लागि धेरै गर्नुभएको छ,’ उनले भने, ‘मेरो परिवारले मलाई किट किन्दिन सक्दैनथ्यो, त्यो बेला सरले नै मद्दत गर्नुभएको थियो । त्यसैले उनको सुझाव म सधैं मान्छु ।’
नेपाल आउन त्यति सहज भएन । ‘दिनरात मिहिनेत गरेर परिवार पालिरहेका मेरो बुवालाई धेरै ठूलो सपना देख्नु हुँदैन भन्ने थियो,’ उनी नेपाल प्रवेश गर्नुअघिको संघर्षलाई सम्झिन्छन्, ‘मलाई भने आफ्नो हैसियतभन्दा माथिको सपना देखेर त्यसलाई पूरा गर्न लागे माथि पुगिन्छ भन्ने लाग्थ्यो । त्यसैले मैले आमालाई फकाएँ र एउटा झोला बोकेर नेपाल आएँ ।’
अर्जुन अधिकारीसँग बुटवल हुँदै सोमपाल काठमाडौं आए र यहाँ नेपाल क्रिकेट फयान क्लबबाट प्रतियोगिता खेल्न थाले । अलराउन्डर भए पनि उनको मुख्य हतियार भनेको पेस बलिङ थियो । उक्त बेला मोहालीमा भएको टयालेन्ट हन्टमा उनले १३४.६ किलोमिटरको गतिमा बलिङ गरेका थिए जुन १४२ किलोमिटरसम्म पुगेको छ । फयान क्लबबाट खेलेको पहिलो खेलमै उनले अविजित ४६ रन बनाउनुका साथै २ विकेट लिएपछि राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायके उनको बलिङबाट प्रभावित भए । फयान क्लब सेमिफाइनल पुग्यो । तर सोमपाल भने बाँकी खेल खेलेनन् ।
नेपालको राष्ट्रिय टिमबाट खेल्न चाहिने पहिलो योग्यता ‘नागरिकताको प्रमाणपत्र’ लिन उनी जन्मस्थान गुल्मी हानिए । पन्जाबको समथल भूमिबाट उडान भरेको सपनालाई कुनै गन्तव्यमा अवरतण गराउन उनले तय गरेको दूरी जति लामो थियो, त्यति नै लामो र रोचक रह्यो यात्रा भोगाइका कथाहरू ।
गुल्मीको तोराङ गाउँमा पुगेर नागरिकता बनाउन उनलाई कुनै कठिन भएन । जीवनकालमा कहिल्यै नभोगेको कुरा उनले त्यसै समय भोगे आफ्नो थरलाई लिएर । सरकारी कर्मचारीदेखि आफ्नो आफन्तसम्म सबै जना उनलाई थर परिवर्तन गर्न दबाब दिइरहेका थिए । उनलाई वास्तवमा आफ्नो थरको अर्थ थाहै थिएन । आफ्नो लक्की नम्बर दस भएकाले नाम–थरको कुलअक्षर (अंग्रेजीमा) पनि दस नै भएको सोच उनको थियो । त्यसैले उनले कुनै पनि हालतमा आफ्नो थर परिवर्तन नगर्ने अड्डी कसे र नागरिकता बनाए । ‘मलाई धेरैले कि विक कि विश्वकर्मा लेख भने,’ उनी त्यो द्विविधाको वर्णन गर्छन्, ‘भारतमा हुँदा धेरैले थापा पनि भन्थे । त्यो नै लेख्ने पो हो कि भन्ने पनि नलागेको होइन । तर दस अक्षरको नाम थर हुँदा नै ठीक हुन्छ भन्ने मलाई मेरो मनले भन्यो । मैले त्यही गरें ।’
नागरिकता बनाएर काठमाडौं आएसँगै उनी नेपालको यू–१९ को सदस्य भइसकेका थिए । उनले नेपाली टोलीमा बलरको रूपमा प्रवेश पाए । जुन उनको चाहना त थिएन तर समयको मागको अगाडि उनी चुप नै रहे ।
नागरिकता बनाएर काठमाडौं आएसँगै उनले काठमाडौंकै टिमबाट यू–१९ को छनोट प्रतियोगितामा सहभागी भए । प्रतियोगितामा उनको ब्याट र बल दुवै चल्यो । उनी खेलाडी, प्रशिक्षक तथा समर्थकमाझ ‘हट केक’ बने । उनको खेल जीवनको टर्निङ प्वाइन्ट त्यही प्रतियोगिता बन्यो । उनको पेस र सटले सबैलाई अकर्षित गर्यो । यू–१९ टिममा नयाँ अनुहारका रूपमा सामेल उनी सन् २०१४ को आईसीसी विश्वकप छनोट खेल्न राष्ट्रिय टोलीमा पनि समावेश गरिए ।
सोमपालका सपनाको उडानले अन्तत: नेपाली राष्ट्रिय टिमको धावनमार्गमा उत्रने मौका पायो, जहाँबाट आफ्नो संकल्पको यात्रा अघि बढाउन तम्तयार थिए उनी । ‘राष्ट्रिय टोलीमा समावेश भएपछि मेरो उत्साहमा मात्रै सीमित नभएको अनुभव पहिलो दिन नै गरें । जुन मेरो जीवनकै अविस्मरणीय क्षण हो,’ उनले अनुभव बाँडे, ‘यू–१९ टिमको बसाइ सुन्धारामा थियो, नेसनल टिमको भगवतीबहालस्थित क्राउन प्लाजामा । मलाई खासै ठाउँ कहाँ हो भन्ने थाहा थिएन । आफ्नो किट बोकेर म टयाक्सी चढें । ड्राइभर दाइलाई नक्साल क्राउन प्लाजा भन्नेबित्तिकै उनले मेरो नाम सोधे । उनले समाचारमा मेरो नाम पढेका कारण चिनिसकेका रहेछन् । मलाई क्राउन प्लाजा पुर्याएर उनले शुभकामना दिए । भाडा लिन मानेनन् । उनले त्यो बेला छोडेको डेढ–दुई सय रुपैयाँको मेरो लागि ठूलो मूल्य थियो । उनको नाम त मैले सोध्न बिर्सें । तर उनी मेरो सम्झनामा भने सधैं हुनेछन् ।’
तीतोमीठो अनुभव सँगाल्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरिसक्दा पनि कठिनाइहरूले भने उनको पिछा छोडिरहेको थिएन । राष्ट्रिय टोली प्रशिक्षणका लागि श्रीलंका पुगिसक्दा राहदानी नबनिसकेकै कारण उनी अन्तिम समयमा मात्रै श्रीलंका र त्यसपछि विश्वकप छनोट खेल्न न्युजिल्यान्ड पुगे । न्युजिल्यान्डमा राष्ट्रिय टोलीको प्रदर्शन फितलो रहे पनि उनको व्यक्तिगत प्रदर्शन राम्रो रहयो ।
सोमपाललाई न्युजिल्यान्डको हारले केही बेर सोच्न भने बाध्य गरायो । उनले आफू ठूला प्रतियोगितालाई अझै तयार नभइसकेको र तयार हुन धेरै मिहिनेत गर्नुपर्ने पाठ त्यहीँ पाए । ‘जब टिममा खेलिन्छ तब आफ्नो प्रदर्शनसँगै टिम सफल भयो भने मात्रै त्यसको अर्थ रहन्छ । नत्रभने त्यो सम्झना मात्रै हो,’ उनले भने, ‘मेरो बुवाले हामी न्युजिल्यान्डमा हारेपछि त्यही नै भन्नुभएको थियो । त्यो म जहिले पनि सम्झिन्छु ।’ त्यसपछि नेपाली टोली टी–२० विश्वकप खेल्न बंगलादेश जाँदा उनी पनि त्यसको सदस्य रहे ।
मैदानमा प्रवेश गर्नुपूर्व सधैं आफ्नो बाबु–आमासँग कुरा गर्ने सोमपाल मंगलबारको व्रत बस्छन् र त्यो दिन शाहाकारी भोजन मात्रै गर्छन् । उनको नाममा विश्व टी–२० फम्र्याटको विश्व कीर्तिमान पनि छ । विश्व टी–२० मा उनले १० नम्बरमा ब्याटिङ गरेर हङकङविरुद्ध बनाएको ४० रनले त्यो कीर्तिमान उनलाई दिलाएको हो ।
आफूले अझै सोचेअनुरूपको सफलता प्राप्त नगरिसकेको स्वीकार गर्न हिच्किचाउँदैनन् सोमपाल । भन्छन्, ‘नेपाली टिमले अझै धेरै अगाडि बढ्नु छ । त्यसलाई मैले अझै धेरै मिहिनेत गर्नु छ ।’
फिनिसर शरद भेषवाकरको छक्कासँगै नेपालले केन्यालाई ७ विकेटले हराउँदै आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा विजयी भयो। जीतसँगै नेपालले एकदिवसीय विश्वकप छनोट खेल्न पाउने सम्भावनालाई जीवितै राखेको छ। वर्ल्डकप क्वालिफायर खेल्नको लागि नेपाललाई यो खेल जित्नैपर्ने दवाव थियो।
अझै पनि नेपालको लागि विश्वकप छनौट खेल्ने बाटो सहज छैन। नेपालले आगामी दिनमा हुने च्याम्पियनसिप अन्तर्गतका सबै खेल जित्नै पर्छ। नेपालले हङकङ र युएइसँग खेल्दैछ। नेपालले यी खेल यसकारण पनि जित्नुपर्छ किनकि हङकङ अंकतालिकामा ११ अंकसहित तेस्रो स्थानमा छ । युएइले नेपालले भन्दा २ खेल कम खेलेको छ। नेपालले १० खेल खेलिसकेको छ। उसले मात्र ८ खेल खेलेको छ ।
नेपालले बाँकी सबै खेल जित्दैमा पनि विश्वकप यात्राको ढोका खुल्दैन। यसका लागि अन्य टिमहरुको खेलको नतिजा पनि नेपालको पक्षमा हुनुपर्छ।
नेपालले बाँकी सबै खेल जित्दैमा पनि विश्वकप यात्राको टोका खुल्दैन यसका लागि अन्य टिमहरुको खेलको नतिजा पनि नेपालको पक्षमा हुनुपर्छ। च्याम्पियनसिप अन्तर्गतको अर्को खेल नामिबिया र स्कटल्याण्डबीच हुँदैछ। त्यो खेलमा नामिबियाले स्कटल्याण्डलाई पराजित गरेमा नेपालको यात्रा सहज हुनेछ। तर, स्कटल्याण्डले जितेमा नेपालको बाटो झनै असहज हुनेछ। स्कटल्याण्डले जितेमा पहिल्यै ११ अंकसहित चौथो स्थानमा रहेको यो टिमको १५ अंक पुग्नेछ तर नामिबियाले जितेमा उसको खातामा ४ अंक थपिँदा उसको कूल अंक ६ मात्र हुनेछ। अहिले नामिबियाको २ अंक मात्र छ। नामिबियाले स्कटल्याण्डलाई नेट रनरेटमा पनि ठूलो अन्तरमा हराएमा स्कटल्याण्ड अझै तल झर्नेछ। अहिले अंक बराबर हुँदा पनि हङकङ नेट रनरेटकै कारण स्कटल्याण्डभन्दा माथि छ।
नेपालले खेल्न बाँकी युएइले पनि नेपालसँग हार्ने र अरुलाई जित्ने भयो भने नेपालका लागि यात्रा सहज हुनेछ। आठ खेलबाट दुई अंक जोडेको युएइले नेपालसँग हार्दा उसको अंक बढ्दैन। बाँकी ४ खेलमा उसले जित्यो भने उसको कूल अंक १० पुग्छ। समग्रमा अंक तालिकामा सबैभन्दा पछाडि रहेका दुई टिमले नेपालसँग बाहेक अन्य टिमलाई जितेमा नेपालको यात्रा सहज हुनेछ।
तर, नेपाल अरुको भर परेर मात्र पुग्दैन। उसले आफ्नो प्रदर्शनलाई पनि सुधार गर्नुपर्छ। नेपाली टिमको सोमबारको खेल हेर्दा केही सुधारको संकेत देखिन्छ। वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा अहिलेसम्म नेदरल्याण्ड्सविरुद्ध सबैभन्दा बढी रन बनाएका हालका कप्तान ज्ञानेन्द्र मल्लले सोमबार ६४ रनको अविजित पारी खेले। यसले उनको ब्याटिङ सुधारिएको संकेत गर्छ। नेपाली राष्ट्रिय टोलीबाट दोस्रो अन्तर्राष्ट्रिय खेल खेलिरहेका दिपेन्द्रसिंह ऐरीकोे प्रदर्शन पनि हेर्न लायक थियो। टी २० खेलमा फिनिसरको छवि बनाएका शरद भेषवाकरले सोमबार आफ्नो त्यही फिनिसर रुप देखाए। यसले पनि नेपालको ब्याटिङ लाइन सुधारिएको देखिन्छ।
नेपाली राष्ट्रिय टोलीबाट दोस्रो अन्तर्राष्ट्रिय खेल खेलिरहेका दिपेन्द्रसिंह ऐरीकोे प्रदर्शन पनि हेर्न लायक थियो। टी २० खेलमा फिनिसरको छवि बनाएका शरद भेषवाकरले सोमबार आफ्नो त्यही फिनिसर रुप देखाए। यसले पनि नेपालको ब्याटिङ लाइन सुधारिएको देखिन्छ।
तर शनिबारको खेलमा भने नेपालको ब्याटिङ पटक्कै देखिएन। बरु नेपालले दिएको झिनो लक्ष्य पछ्याउन पनि केन्यालाई हम्मे हम्मे परेको देख्दा नेपालको बलिङ राम्रो भएको प्रस्ट देखिन्थ्यो। नेपालको बलिङ यसै पनि राम्रोमै गनिन्छ तर ब्याटिङ नभएकै कारण नेपालले धेरै खेल प्रतिद्वन्द्वी टिमलाई सुम्पनु परेका घटनाहरु धेरै छन्। सोमबार नेपाली टिमका पार्टटाइमर बलर चम्केको देख्दा पनि नेपालको बलिङ नै बलियो हतियार भएको प्रस्ट देखिन्थ्यो। नेपालले अब खेल्न बाँकी टिमहरु कमजोर छैनन्। युएई र हङकङसँग खेलिने अबका खेल नेपालका लागि चुनौतीपूर्ण हुनेछन्। अंक तालिकामा नेपालभन्दा माथि रहेर हङकङले आफू कमजोर नभएको देखाइसकेको छ।
नेपाल सँगसँगै अगाडि बढेको अफगानिस्तानको ब्याटिङ लाइनलाई हेर्दा नेपालको ब्याटिङमा निकै सुधार गर्नुपर्ने आवश्यकता खड्किन्छ। नेपाली टिमले ५० ओभरको क्रिकेटमा २ सय ५० भन्दा बढी रन विरलै बनाउँछ। टी २० क्रिकेटमा पनि नेपालले १ सय ५० को आंकडा विरलै नघाउँछ। तर, अफगानिस्तानले आइतबारमात्र आयरल्याण्डविरुद्ध २ सय ३३ रनको विशाल स्कोर खडा गर्यो। यो स्कोर टि२० इन्टरनेशनलको इतिहासमै आठौं उच्च स्कोर हो। त्यही दिन त्यही टिमका ब्याट्सम्यान मोहम्मद सहजादले टि२० इन्टरनेशनल क्रिकेटमा १ हजार ७ सय ७९ रन बनाए। यो रनको योगफल टि२० इन्टरनेशनलको इतिहासमै चौथो सर्वाधिक रन हो।
उनले टि२० इन्टरनेशनलमा न्यूजिल्याण्डका पूर्व कप्तान ब्रेण्डम म्याकुलम, श्रीलंकाका तिलकरत्ने दिलशान र न्यूजिल्याण्डका मार्टिन गप्टिलबाहेक सबैलाई उछिनिसकेका छन्। रनमा उनीभन्दा अगाडि रहेका म्याकुलम रिटायर भइसकेका छन्।४० वर्ष पुगिसकेका दिलशान रिटायरमेन्टको संघारमा छन्।
नेपाली टिमले ५० ओभरको क्रिकेटमा २ सय ५० भन्दा बढी रन विरलै बनाउँछ। टी २० क्रिकेटमा पनि नेपालले १ सय ५० को आंकडा विरलै नघाउँछ। तर, अफगानिस्तानले आइतबारमात्र आयरल्याण्डविरुद्ध २ सय ३३ रनको विशाल स्कोर खडा गर्यो। यो स्कोर टि२० इन्टरनेशनलको इतिहासमै आठौं उच्च स्कोर हो।
पछिल्लो समय ब्याटिङमा कमजोर टिमले बलिङको भरमा खेल जित्न नसक्ने अवस्था बन्दै आएको छ। अब ९० को दशकमा जस्तो सानो स्कोर पनि डिफेण्ड गर्ने जमाना रहेन। पछिल्लो समय क्रिकेटमा भित्रिएका प्रविधिले गर्दा क्रिकेट ब्याट्सम्यान फ्रेण्डली बन्दै गएको छ। अहिले क्याच आउट दिनुभन्दा अघि पनि अम्पायरले क्यामेरामा नो बल चेक गर्न थालेका छन्। जसले गर्दा ब्याट्सम्यानलाई आउट गराउन सहज छैन। त्यसैले अबका दिनमा नेपालले जित्दै जानूको मुख्य सूत्र हो नेपालले ब्याटिङ लाइन मजबुत बनाउनुपर्छ। हामीले भुल्न नहुने कुरा के हो भने वषौंसम्म कायम रहेका ब्याटिङमा उच्च स्कोरका अधिकांश रेकर्डहरु पछिल्ला केही वर्षमै तोडिएका छन्।
तर शनिबारको खेलमा भने नेपालको ब्याटिङ पटक्कै देखिएन। बरु नेपालले दिएको झिनो लक्ष्य पछ्याउन पनि केन्यालाई हम्मे हम्मे परेको देख्दा नेपालको बलिङ राम्रो भएको प्रस्ट देखिन्थ्यो। नेपालको बलिङ यसै पनि राम्रोमै गनिन्छ तर ब्याटिङ नभएकै कारण नेपालले धेरै खेल प्रतिद्वन्द्वी टिमलाई सुम्पनु परेका घटनाहरु धेरै छन्। सोमबार नेपाली टिमका पार्टटाइमर बलर चम्केको देख्दा पनि नेपालको बलिङ नै बलियो हतियार भएको प्रस्ट देखिन्थ्यो। नेपालले अब खेल्न बाँकी टिमहरु कमजोर छैनन्। युएई र हङकङसँग खेलिने अबका खेल नेपालका लागि चुनौतीपूर्ण हुनेछन्। अंक तालिकामा नेपालभन्दा माथि रहेर हङकङले आफू कमजोर नभएको देखाइसकेको छ।
नेपाल सँगसँगै अगाडि बढेको अफगानिस्तानको ब्याटिङ लाइनलाई हेर्दा नेपालको ब्याटिङमा निकै सुधार गर्नुपर्ने आवश्यकता खड्किन्छ। नेपाली टिमले ५० ओभरको क्रिकेटमा २ सय ५० भन्दा बढी रन विरलै बनाउँछ। टी २० क्रिकेटमा पनि नेपालले १ सय ५० को आंकडा विरलै नघाउँछ। तर, अफगानिस्तानले आइतबारमात्र आयरल्याण्डविरुद्ध २ सय ३३ रनको विशाल स्कोर खडा गर्यो। यो स्कोर टि२० इन्टरनेशनलको इतिहासमै आठौं उच्च स्कोर हो। त्यही दिन त्यही टिमका ब्याट्सम्यान मोहम्मद सहजादले टि२० इन्टरनेशनल क्रिकेटमा १ हजार ७ सय ७९ रन बनाए। यो रनको योगफल टि२० इन्टरनेशनलको इतिहासमै चौथो सर्वाधिक रन हो।
उनले टि२० इन्टरनेशनलमा न्यूजिल्याण्डका पूर्व कप्तान ब्रेण्डम म्याकुलम, श्रीलंकाका तिलकरत्ने दिलशान र न्यूजिल्याण्डका मार्टिन गप्टिलबाहेक सबैलाई उछिनिसकेका छन्। रनमा उनीभन्दा अगाडि रहेका म्याकुलम रिटायर भइसकेका छन्।४० वर्ष पुगिसकेका दिलशान रिटायरमेन्टको संघारमा छन्।
नेपाली टिमले ५० ओभरको क्रिकेटमा २ सय ५० भन्दा बढी रन विरलै बनाउँछ। टी २० क्रिकेटमा पनि नेपालले १ सय ५० को आंकडा विरलै नघाउँछ। तर, अफगानिस्तानले आइतबारमात्र आयरल्याण्डविरुद्ध २ सय ३३ रनको विशाल स्कोर खडा गर्यो। यो स्कोर टि२० इन्टरनेशनलको इतिहासमै आठौं उच्च स्कोर हो।
पछिल्लो समय ब्याटिङमा कमजोर टिमले बलिङको भरमा खेल जित्न नसक्ने अवस्था बन्दै आएको छ। अब ९० को दशकमा जस्तो सानो स्कोर पनि डिफेण्ड गर्ने जमाना रहेन। पछिल्लो समय क्रिकेटमा भित्रिएका प्रविधिले गर्दा क्रिकेट ब्याट्सम्यान फ्रेण्डली बन्दै गएको छ। अहिले क्याच आउट दिनुभन्दा अघि पनि अम्पायरले क्यामेरामा नो बल चेक गर्न थालेका छन्। जसले गर्दा ब्याट्सम्यानलाई आउट गराउन सहज छैन। त्यसैले अबका दिनमा नेपालले जित्दै जानूको मुख्य सूत्र हो नेपालले ब्याटिङ लाइन मजबुत बनाउनुपर्छ। हामीले भुल्न नहुने कुरा के हो भने वषौंसम्म कायम रहेका ब्याटिङमा उच्च स्कोरका अधिकांश रेकर्डहरु पछिल्ला केही वर्षमै तोडिएका छन्।
काठमाडौं— आइसीसी विश्व लिग क्रिकेट च्याम्पियनअन्तर्गत नेपालले केन्याविरुद्ध ७ विकेटको शानदार जित हात पारेको छ। शनिबार प्रतिकुल माैसम(वर्षा)काे समयमा भएकाे पहिलाे खेलमा ५ विकेटले हार व्यहाेरेकाे नेपाली टाेली साेमबार भने लयमा देखिएकाे थियाे।
ज्ञानेन्द्र मल्लकै कप्तानीमा मैदान उत्रिएकाे नेपाली टाेलीका लागि कप्तान मल्ल र दीपेन्द्रसिंह ऐरीको साझेदारी चम्किएपछि १५६ रनको लक्ष्य नेपालले ११८ बल बाँकी छँदै पूरा गरेकाे थियाे।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ८ चाैका र एक छक्कासहित ६४ रन र दीपेन्द्र सिंह ऐरी ८ चाैका र एक छक्का प्रहार गर्दै ६२ रन बनाएका थिए। शरद भेषवाकरकाे एक छक्का र ४ चाैकासहितकाे २४ रनकाे याेगदान पनि नेपालकाे जितमा महत्वपूर्ण रह्याे । केन्यालार्इ राेक्न क्रममा भेष्वाकरले २८ रन दिएर ४ विकेट समेत लिएका थिए।




काठमाडौं– आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत आज केन्य र नेपालबीचको दोस्रो खेलमा नेपाललाई पाँचौ सफलता हात लागेको छ ।
राकेप पटेल बसन्त रेग्मीको बलमा सोमपाल कामीबाट क्याच आउट भए । उनले २१ रनको योगदान दिए ।
यसअघि, शरद भेस्वाकरको बलिङमा इरफान करिम क्याच आउट भएका थिए। ३८ रन बनाएका करिमलाई सागर पुनले क्याच आउट गरेका थिए ।
खेलको २८औं ओभरमा नेपालका लागि सन्दीप लामिछानेको बलमा विकेटकिपर बिनोद भण्डारीले स्टम्प गरे । व्यत्तिगत ४८ रनमा कोलिन्स ओभिया आउट भए ।
यस अघि मेहबुब आलमले एकै ओभरमा दुई विकेट लिएका थिए । खेलका चौथो ओवरमा नेपालका लागि मेहबुब आलमले आफ्नो बलिङमा दुई विकेट लिएका थिए । आलमको पहिलो शिकार एलेक्स ओवान्डा एलबीडब्लुमा परे भने दोस्रो शिकार धीरेन गोन्डारिया बोल्ड भएका थिए ।
३७ ओभरमा केन्याले पाँच विकेटको क्षतिमा १२५ रन बनाएको छ ।
पहिलो खेलमा पाँच विकेटले हार खाएको नेपालले दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।
सन् २०१९ को एकदिवसिय विश्वकप छनोटको यात्रा जीवतै राख्न नेपालका लागि यो खेल गर वा मरको स्थितिमा छ । पहिलो खेलमा केन्यासँग हार खाएपछि नेपालको एकदिवसिय विश्वकप छनोटको यात्रा कठिन भएको छ ।
शनिवार परायज भोगेको नेपाल आज बदला लिने तयारी छ । यद्यपी नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ ।
नेपाली टोलीमा शनिवाकै सदस्य छन्, अर्थात खेलाडी परिवर्तन भएका छैनन् । ज्ञानेन्द्र मल्ल क्याप्टेन, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सञ्जिव लामिछाने, दीपेन्द्रसिंह ऐरी, महबुब आलम, सुनील धमला नेपाली टोलीमा छन् ।
यस अघि मेहबुब आलमले एकै ओभरमा दुई विकेट लिएका थिए । खेलका चौथो ओवरमा नेपालका लागि मेहबुब आलमले आफ्नो बलिङमा दुई विकेट लिएका थिए । आलमको पहिलो शिकार एलेक्स ओवान्डा एलबीडब्लुमा परे भने दोस्रो शिकार धीरेन गोन्डारिया बोल्ड भएका थिए ।
३७ ओभरमा केन्याले पाँच विकेटको क्षतिमा १२५ रन बनाएको छ ।
पहिलो खेलमा पाँच विकेटले हार खाएको नेपालले दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।
सन् २०१९ को एकदिवसिय विश्वकप छनोटको यात्रा जीवतै राख्न नेपालका लागि यो खेल गर वा मरको स्थितिमा छ । पहिलो खेलमा केन्यासँग हार खाएपछि नेपालको एकदिवसिय विश्वकप छनोटको यात्रा कठिन भएको छ ।
शनिवार परायज भोगेको नेपाल आज बदला लिने तयारी छ । यद्यपी नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ ।
नेपाली टोलीमा शनिवाकै सदस्य छन्, अर्थात खेलाडी परिवर्तन भएका छैनन् । ज्ञानेन्द्र मल्ल क्याप्टेन, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सञ्जिव लामिछाने, दीपेन्द्रसिंह ऐरी, महबुब आलम, सुनील धमला नेपाली टोलीमा छन् ।
काठमाडौं— नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले राम्रो सुरुवात गरेको छ। सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए।
आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन।
४ ओभरमा केन्याले केन्याले १४ रन बनाउँदा दुई विकेट गुमाएको छ। मेहबुब अालमले दुवै विकेट लिएका हुन्। आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन।
घरेलु मैदानमा पाएको सुनौलो अवसरलाई शनिबार नेपालले सदुपयोग गर्न सकेन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले केन्यालाई ५ विकेटको नतिजा सुम्पियो। नेपाललाई सहज रूपमा एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्नका लागि केन्यालगायतका बाँकी सबै खेल जित्नैपर्ने अवस्था थियो। तर शनिबार पटकपटक वर्षाले प्रभावित खेलमा नेपाल घरेलु मैदानमा निरीह बनेपछि त्यो बाटो पनि कठिन बनेको छ।
शनिबारको खेलपछि कप्तानको भूमिकामा रहेका ज्ञानेन्द्र मल्लले भने, ‘हाम्रो ढोका बन्द भयो भनेर भन्न मिल्दैन। तर आजको खेलबाट हामीले धेरै सिकेका छौं। आज हाम्रो ब्याटिङ कमजोर रहे पनि बलरले राम्रो रह्यो तर विश्वकपको सपना देख्ने हो भने हाम्रा ब्याट्सम्यानले आफूलाई प्रमाणित गर्र्नुपर्छ।’
अब नेपालले बाँकी सबै खेल जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ। केन्याबाहेक नेपालले अब प्रतियोगितामा तेस्रो स्थानको हङकङ र पुछारको युएईविरुद्ध खेल्न बाँकी छ। ९ खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ भने केन्या १० अंकका साथ पाँचौं स्थानमा छ। ८ खेलबाट ११ अंक जोडेको स्टकल्यान्ड चौथो, १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो, ८ खेलबाट १२ अंक जोडेको पिएनजी १२ र १० खेलबाट १६ अंक जोडेको नेदरल्यान्ड शीर्ष स्थानमा छन्।
३० फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको दोस्रो खेल आज हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेको छ र, बलिङ गर्ने भएको छ । केन्याले ब्याटिङको निम्तो पाएको छ । तर, कप्तान पारस खड्का भने आज पनि नखेल्ने भएका छन्
आज मौसमले साथ दिएको छ । मैदानमा पारिलो घाम लागेको छ ।
२०७३ फागुन ३० गते ९:०५ मा प्रकाशित
२९ फागुन, काठमाडौं । उपप्रधानमन्त्री कमल थापाले सरकारमा राप्रपाको सहभागिताले स्थानीय निर्वाचन सुनिश्चित भइसकेकाले ढुक्कले चुनावमा लाग्न आग्रह गरेका छन् ।
निर्बाचनमा सबैको सहभागीताको निमित्त हरसम्भब प्रयास गरिने समेत उनले बताए । राष्ट्रिय जिम्मेवारीलाई बोध गर्दै चुनाबलाई सुनिश्चित गर्न आफूहरु सरकारमा सहभागी भएको उनले प्रष्ट पारे ।
स्थिरता, चुनाब र मुलुकको बृहत्तर हितलाई केन्ऽमा राख्दै सरकार परिबर्तन गरी मुलुकलाई अस्थिरतामा धकेल्न होइन, निर्बाचनलाई सुनिश्चित गर्नु आजको आबस्यकता भएकोसमेत उनले बताए ।
राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले सत्ताको सुख सुबिधाको निमित्त नभई मुलुकमा बिधमान संकटको निकासमा सकारात्मक भुमिका निर्बाह गर्न सरकारमा सहभागी भएको बिचार ब्यक्त गरे ।
२०७३ फागुन २९ गते १२:२९ मा प्रकाशित
निर्बाचनमा सबैको सहभागीताको निमित्त हरसम्भब प्रयास गरिने समेत उनले बताए । राष्ट्रिय जिम्मेवारीलाई बोध गर्दै चुनाबलाई सुनिश्चित गर्न आफूहरु सरकारमा सहभागी भएको उनले प्रष्ट पारे ।
स्थिरता, चुनाब र मुलुकको बृहत्तर हितलाई केन्ऽमा राख्दै सरकार परिबर्तन गरी मुलुकलाई अस्थिरतामा धकेल्न होइन, निर्बाचनलाई सुनिश्चित गर्नु आजको आबस्यकता भएकोसमेत उनले बताए ।
राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले सत्ताको सुख सुबिधाको निमित्त नभई मुलुकमा बिधमान संकटको निकासमा सकारात्मक भुमिका निर्बाह गर्न सरकारमा सहभागी भएको बिचार ब्यक्त गरे ।
२०७३ फागुन २९ गते १२:२९ मा प्रकाशित
अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष गियानी इन्फ़ाण्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै केहि राष्ट्र माथि लगाएको अमेरिका प्रवेश निषाधाज्ञा जारि राखे सन् २०२६ मा हुने विश्वकप फुटबलको आयोजना गर्ने अवसरबाट बन्चित बन्न सक्ने चेतावनी दिएका छन्।
फिफाले सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्रको निर्णय सन् २०२० मा लिने छ। अमेरिका सन् २०२६ को विश्वकप फुटबलको आयोजना गर्ने प्रमुख सम्भावित राष्ट्र मानिएको छ। यसअघी सन् १९९४ मा अमेरिकामा विश्वकप फुटबल प्रतियोगिता आयोजना गरिएको थियो।
फिफा अध्यक्ष इन्फ़ाण्टिनोले भनेका छन् `विश्वकप फुटबल आयोजक राष्ट्रमा प्रतियोगी टिम र टिम सहयोग गने संयन्त्र ले प्रवेश पाउनु पर्छ, नभए त्यो राष्ट्रमा विश्वकप हुनसक्दैन। `उनले अमेरिका प्रबेशमा हालै जारि गरिएको प्रवेश निषेधाज्ञा प्रतियोगिता नियमको प्रतिकुल भएको समेत
२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत खेलमा केन्यासँग नेपाल पराजित भएको छ । केन्याले नेपालविरुद्ध ५ विकेटको जीत दर्ता गरेको हो ।
डिएल मेथडअनुसार केन्याले ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्यालेे २९ अोभरमा १०४ रनको लक्ष्य पाएको थियो । फेरि बीचमा वर्षा भएपछि अब केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो ।
केन्याका लागि कोलिन्स ओबोयाले सर्वाधिक २४ रन बनाए । इर्फान करिमले ८ रन बनाए । कप्तान रकिप पटेलले रन बनाए ।
बर्षाका कारण खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, बषर्ाका कारण लक्ष्य नयाँ लक्ष्य दिइएको थियो ।
वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । केन्याका बलरहरुले ओसिलो मैदानमा घरेलु टोलीलाई खुलेर खेल्न दिएनन् ।
ओपनिङमा यसअघिका खेलहरुमा जस्तै लामो पार्टनरसीप जमेन । मध्यक्रममा आएका ब्याट्सम्यान पनि लामो समय क्रिजमा टिक्न सकेनन् ।
अस्वस्थताका कारण कप्तान पारस खड्का नखेलेपछि आज ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालेका छन् । खेलमा ज्ञानेन्द्रले सर्वाधिक २७ रन बनाए । आजबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।
ओपनर सुनिल धमला ३ रन मात्र बनाएर पेभिलियन फर्किए । सागर पुन १० रनमा आउट भए । शरद भेषावकरले पनि ३ रन मात्रै बनाउन सके । विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले २ रन मात्रै जोडे । बसन्त रेग्मी ६ रनमा समेटिए ।
शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका छन् । यो नेपालको इनिङमा सबैभन्दा धेरै रनको साझेदारी हो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले २१ रनको साझेदारी गरेका थिए ।
केन्याका लागि सेम नोङ्चेे नेपालको ३ विकेट झारे । नेल्शन ओडिएम्बोले २ विकेट लिए । नेहिएम ओडिएम्बो, एलिज एन्टेनिओ र रकेप पटेलले एक-एक विकेट लिए ।
२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन क्रिकेटअन्तर्गत नेपाल र केन्या त्रिबि क्रिेकट मेदानमा भिडिरहेका छन् । यसअघिका अन्तर्राष्ट्रिय म्याचमा जस्तै आज पनि खेल हेर्न आउने दर्शकको सहभागिता थेगिसक्नु छैन
।
घरेलु टोलीलाई उत्साह दिन र अन्तर्राष्ट्रिय खेलको मज्जा उठाउन त्रिबि क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् । मैदानभित्र मात्रै हैन, बाहिरबाट पनि म्याच हेर्न दर्शकको साथ नेपाली टोलीले पाएको छ । रुखमै चढेर पनि दर्शकहरु खेल हेरिरहेको दृश्यले एशोसियट क्रिकेट खेल्ने नेपालमा क्रिकेट क्रेज कति छ भन्ने प्रष्ट्याउँछ ।
बर्षाको पनि पर्वाह नगरी घरेलु दर्शकहरु आफ्नो टोलीको प्रदर्शन उकास्न उत्साह थपिरहेका छन् । क्रिकेटमा मैदानमा खेल्ने ११ खेलाडी जति सशक्त भूमिकामा हुन्छन्, टोलीलाई सर्पोट गर्न रंगशालामा आएका दर्शकको पनि उत्तिकै महत्व हुन्छ भन्ने मानिन्छ । त्यसैले दर्शकलाई मैदानको ‘१२ औं खेलाडी’ भनिन्छ ।
।
।
घरेलु टोलीलाई उत्साह दिन र अन्तर्राष्ट्रिय खेलको मज्जा उठाउन त्रिबि क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् । मैदानभित्र मात्रै हैन, बाहिरबाट पनि म्याच हेर्न दर्शकको साथ नेपाली टोलीले पाएको छ । रुखमै चढेर पनि दर्शकहरु खेल हेरिरहेको दृश्यले एशोसियट क्रिकेट खेल्ने नेपालमा क्रिकेट क्रेज कति छ भन्ने प्रष्ट्याउँछ ।
बर्षाको पनि पर्वाह नगरी घरेलु दर्शकहरु आफ्नो टोलीको प्रदर्शन उकास्न उत्साह थपिरहेका छन् । क्रिकेटमा मैदानमा खेल्ने ११ खेलाडी जति सशक्त भूमिकामा हुन्छन्, टोलीलाई सर्पोट गर्न रंगशालामा आएका दर्शकको पनि उत्तिकै महत्व हुन्छ भन्ने मानिन्छ । त्यसैले दर्शकलाई मैदानको ‘१२ औं खेलाडी’ भनिन्छ ।
।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का मैदानमा फर्किएका छन् । तीन साताअघि अस्वस्थ भई अस्पताल भर्ना हुँदा पारसले केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अनिश्चित बनेको थियो । नेपालले शनिबार र सोमबार केन्याविरुद्ध खेल्दै छ ।
रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसि तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्रा मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो । त्यसपछि फागुन ८ मा ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएका थिए । पारसलाई त्यसबाट निको हुन सातासम्म लाग्ने बताइएको थियो ।
केन्यासँगको खेलका लागि दिल्लीमा अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय टिम शुक्रबार काठमाडौं फर्किएको थियो । पारसको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी गरेका थिए । शनिबार नेपाल क्रिकेट खेलाडी संघको साधारणसभाका कारण अभ्यास राखिएको थिएन भने आइतबार बन्द प्रशिक्षणका खेलाडीलाई विश्राम दिइएको थियो ।
रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसि तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्रा मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो । त्यसपछि फागुन ८ मा ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएका थिए । पारसलाई त्यसबाट निको हुन सातासम्म लाग्ने बताइएको थियो ।
केन्यासँगको खेलका लागि दिल्लीमा अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय टिम शुक्रबार काठमाडौं फर्किएको थियो । पारसको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी गरेका थिए । शनिबार नेपाल क्रिकेट खेलाडी संघको साधारणसभाका कारण अभ्यास राखिएको थिएन भने आइतबार बन्द प्रशिक्षणका खेलाडीलाई विश्राम दिइएको थियो ।
काठमाडौँ, १८ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त हुनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सिंहदरवारस्थित कार्यालयमा आज बसेको बैठकले भूकम्पपछि पुनःनिर्माणका लागि स्वयम्सेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले विसं २०७२ को भूकम्पबाट ध्वस्त भएका भौतिक संरचना पुनःनिर्माण गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएकाले यस काममा सहभागी हुन आम नेपाली युवालाई आग्रह गर्नुभयो ।
उहाँले पुनःनिर्माणका लागि प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा पहिलो चरणमा करिब एक हजार स्वयम्सेवक इन्जिनियर विद्यार्थीलाई आगामी शुक्रबारदेखि खटाउन लागेको जानकारी दिनुभयो ।
त्यस्तै कप्तान खड्काले राष्ट्रिय स्वयम्सेवकको सद्भावना दूतमा नियुक्त हुनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो
५ फागुन, काठमाडौं । म्याच फिक्सिङ गर्ने खेलाडी तथा खेल पदाधिकारीलाई सजाय दिने नयाँ कानुनी व्यवस्था भएको छ ।
संसदको बिधायन समिति अन्तर्गतको उपसमितिले बिहीबार पारित गरेको फौजदारी कसुरसम्वन्धी विधेयकमा म्याच फिक्सिङलाई राष्ट्रहित प्रतिकुल काम भनिएको छ र यसलाई दण्डनीय बनाइएको छ ।
समितिका सदस्य सांसद रेवतीरमण भण्डारीका अनुसार नेपाली खेलाडीहरुले विदेशी खेलाडीसँगको प्रतियोगिता खेल्दा म्याच फिक्सिङ गरेको पाइएमा सबै रकम जफत गरी ३ वर्ष कैद र ३० हजार जरिवाना गर्ने व्यवस्था कानुनमा भएको छ ।
सांसद भण्डारीले भने, ‘नेपालको प्रतिनिधित्व गरेर विदेशमा खेल खेल्दा वा नेपालमा आएका विदेशी खेलाडीसँग खेल्दा अनुचित ढंगले लेनदेन गरेको रहेछ भने र हार्नेलाई जित्ने वा जित्नेले हार्ने गरेको पाइएमा निजले लिएको रकम जफत गरी ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना गर्ने व्यवस्था थपिएको छ ।’
विधेयकमा राष्ट्रियस्तरमा हुनसक्ने म्याच फिक्सिङबारे भने बोलिएको छैन । उपसमिति संयोजक सांसद कृष्णभक्त पोखरेलका अनुसार आगामी संशोधनहरुमा यसलाई समावेश गर्दै जान सदस्यहरु सकारात्मक छन् ।
प्fmौजदारी संहितामा समावेश यो व्यवस्था व्यवस्थापिका संसदले पारित गरेपछि कानुनका रुपमा आउने छ ।
यसअघि म्याच फिक्सिङ गर्ने खेलाडीमाथि कारवाही गर्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुलाई राज्य विप्लवको मुद्दा लगाइएको थियो । तत्कालीन कप्तान सागर थापा लगायतमाथि लागेको म्याच फिक्सिङको मुद्दा अझै टुंगिएको छैन ।
२०७३ फागुन ५ गते १७:४४ मा प्रकाशित
काठमाडौंः च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले अप्रत्यासिक नजिता व्यहोर्नु पर्यो।
फ्रान्सको पेरिसमा मंगलबार भएको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्टार खेलाडीले भरिएको बार्सिलोनालाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्यो। योसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटलबको क्वाटरफाइनल प्रवेशको सम्भावना कठिन बनेको छ।
बार्सिलोनाका स्ट्रार खेलाडी नेमारले बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अघिल्लो चरण प्रवेशको सम्भावना एक प्रतिशतमात्रै रहेको बताएका छन्। इन्स्टाग्राममा बार्सिलोनाको अघिल्लो चरण प्रवेशबारे नेमारले लेखेका छन्,‘हामी अघिल्लो चरण प्रवेशको सम्भावना एक प्रतिशत छ भने, ९९ प्रतिशत बाहिरिने खतरा छ।’
बार्सिलोनामात्रै होइन अहिलेसम्म कुनै पनि टोली पहिलो लेगमा ४–० गोल अन्तरले पराजित भएपछि खेलमा पुनरागमन गर्दै अघिललो चरण प्रवेश गर्न सकेका छैनन्। बार्सिलोनाको अघिल्लो चरण प्रवेशको सम्भावना निकै न्यून छ। च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटर फाइनलको दोस्रो लेग बार्सिलोनाले पीएसजीसँग आफ्नै घरेलु मैदान नाउ क्याम्पमा खेल्नेछ।
काठमा- नेपाली राष्ट्रिय क्रिकेट टिमले टोलीको संरचना परिवर्तनको ग्यारेन्टी गर्र्दै आइतबारबाट कीर्तिपुर मैदानमा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि विशेष तयारी सुरु गरेको छ।
फागुन २८ र ३० गते हुने केन्याविरुद्धको खेलका लागि नेपालले प्रारम्भिक चरणमा ५२ खेलाडीलाई बोलाएर करिब एक महिनाअघि सुपर लिग खेलबाट तयारी शुरू गरेको थियो। ५२ बाट ३२ हुँदै अहिले २४ खेलाडी बन्द प्रशिक्षणमा छन्।
पक्कै पनि पुराना खेलाडीमा अनुभव थियो। तर नयाँमा पनि प्रशस्त सम्भावना छ। हामीले मौका दियौं भने राम्रो गर्ने क्षमता उनीहरूमा छ। खेलमा चाहिने रन हो र यिनीहरूले रन बनाइरहेका छन्।
५२ बाट २४ खेलाडीसम्म आइपुग्दा यसअघि नियमित विकेटकिपरको रूपमा रहेका सुवास खकुरेल टोलीबाट बाहिरिसकेका छन्। पछिल्लोपटक नामिबियाविरुद्धको खेलमा विकेटकिपरको जिम्मा पाएका राजु रिजाल पनि २४ भित्र अट्न सकेनन्।
मुख्य प्रशिक्षक जगत टमाटाले पछिल्लो प्रदर्शनका आधारमा टोली छनोट गरिएको बताउँदै सुवास र राजुको स्थान विनोद भण्डारीले लिन सक्ने संकेत गरे। ‘पक्कै पनि सुवास हाम्रा नियमित विकेटकिपर हुन्। तर खेलाडीले पछिल्लो समयमा गरेको प्रदर्शनका आधारमा हामीले टोली छनोट गरेका छौं,’ मंगलबार त्रिवि मैदानमा मुख्य प्रशिक्षक टमाटाले भने, ‘अहिले सुवास र राजु दुवै टोलीमा छैनन्। तर, अहिले हामीसँग २ विकेटकिपर छन्— विनोद र दिलीप नाथ। दिलीपको ब्याटिङ पनि राम्रो छ। विनोदले विकेटकिपिङ सम्हाले हामी एक अतिरिक्त ब्याट्सम्यान थप्न सक्छौं।’ नामिबियाविरुद्धका ओपनर नरेश बुढाऐरसँगै लामो समय ओपनिङको जिम्मेवारीमा रहेका अनिलकुमार मण्डल तथा सुवास पनि टोलीमा नहुँदा ब्याटिङ सुरुआत नयाँ खेलाडीबाट हुने सम्भावना बलियो छ। प्रशिक्षक टमाटाले पनि त्यसलाई स्वीकार गरे।
‘पक्कै पनि पुराना खेलाडीमा अनुभव थियो। तर नयाँमा पनि प्रशस्त सम्भावना छ। हामीले मौका दियौं भने राम्रो गर्ने क्षमता उनीहरूमा छ। खेलमा चाहिने रन हो र यिनीहरूले रन बनाइरहेका छन्। साथमा जोस पनि छ,’ उनले थपे, ‘दिलीपलाई जोड्ने हो भने अहिलेको टोलीमा ४ विकल्प छन्— सुनील धमला, असिफ शेख र अमित श्रेष्ठ। यी चारमध्ये उत्कृष्ट एउटा छान्ने हो।’
नेदरल्यान्ड्सविरुद्धको खेलमा सुनील १५औं खेलाडीका रूपमा टोलीमा थिए। प्रशिक्षक टमाटाले नेपालको सबल पक्ष बलिङ नै भए पनि अहिले ब्याटिङमा धेरै सुधार गरिरहेको बताए।
‘हाम्रो बलियो पक्ष बलिङ भनेर सबैलाई थाहा छ। हामीसँग २ क्वालिटीका स्पिनर छन्। तीव्र गतिका बलरले पनि राम्रो गरिरहेका छन्,’ टमाटाले भने, ‘ब्याटिङमा हाम्रो केही समस्या हो। विशेष गरी ओपनिङमा। तर अहिले हामीले यसमा सुधार गरेका छौं। हाल फिटनेस ट्रेनरको रूपमा राजेश चौहानले पनि टमाटालाई साथ दिएका छन्।'
नेपाली टोलीका मुख्य प्रशिक्षक टामाटालाई विनोद दासले सहयोग गरिरहेका छन्। नेपाली टोलीलाई बिटुएफ फाउन्डेसनले माघ १२ देखि २५ गतेसम्म हाइ पर्फमेन्स प्रोग्रामअन्तर्गत डेभ ह्वाटमोरबाट प्रशिक्षित गरेको थियो।
प्रशिक्षक टमाटाले अब केही दिनमै १८ खेलाडीको नाम सार्वजनिक गर्ने बताए। आइतबारबाट दैनिक ५/६ घन्टा अभ्यास भइरहेको बताउँदै उनले फागुन १३ गते थप अभ्यास खेलका लागि भारतको नोएडा जाने बताए।
दिल्लीमा कस्तो टोलीविरुद्ध खेल्नेबारे भने अझै टुंगो लागिसकेको छैन। यद्यपि प्रशिक्षक टमाटाले त्यहाँको राम्रोभन्दा राम्रो टोली उपलब्ध हुने विश्वास व्यक्त गरे।
नरेश बुढाऐरसँगै अनिलकुमार मण्डल तथा सुवास पनि टोलीमा नहुँदा नयाँ खेलाडीले ओपनिङ गर्ने सम्भावना बलियो छ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा ८ खेल सकिँदा नेपाल ६ अंकका साथ छैटौं स्थानमा छ। नेपालले अब केन्या, हङकङ र युएईसँग प्रतिस्पर्धा गर्न बाँकी छ। पपुवा न्युगिनी १२ अंकका साथ शीर्ष स्थानमा छ भने समान १२ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ। समान ११ अंकको हङकङ र स्कटल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन्। शीर्ष ४ टोलीले २०१९ मा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछन्। अन्तिम २ टोली डिभिजन २ मा झर्नेछन्।
केन्या २०११ को संस्करणसम्म नियमित एकदिवसीय विश्वकप खेलेको राष्ट्र हो। तर बीचमा घरेलु समस्याका कारण आइसिसीको निलम्बनमा परेपछि पछिल्ला संस्करणमा केन्याले सहभागिता जनाउन सकेको छैन। प्रशिक्षक टमाटाले केन्या राम्रो टोली भए पनि आफूले सफल नतिजा निकाल्ने विश्वास व्यक्त गरे।
‘केन्या विश्वकप खेलिसकेको टोली हो। यही प्रतियोगितामा पनि उनीहरू हामीभन्दा माथि छन्। त्यसैले उनीहरूलाई कमजोर आँक्न मिल्दैन,’ टमाटाले भने, ‘तर, हामी घरेलु मैदानमा खेल्दै छौं। हामीलाई अभ्यस्त भएको विकेटसँगै घरेलु दर्शकको साथको फाइदा मिल्नेछ। घरेलु मैदान भएकाले खेलाडीको मनोबल पनि उच्च छ। त्यसले राम्रो नतिजा आउनेमा विश्वस्त छु।’
२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले एसियन कप छनोटका होम म्याचहरु नेपालमै खेल्ने वातावरण मिलाउन माग गरेका छन् ।
सोलिडारिटी कप फुटबलका विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा कप्तान गुरुङले रंगशाला नहुँदा होम गेम नेपालमा नहुने आशंका बढेको बताए । उनले भने, ‘रंगशाला भएको भए घरेलु मैदानमा नै खेल्न पाउँथ्यौं । त्यसैले रंगशालाका लागि पहल गर्न आग्रह गर्छु ।’
एसियन कप छनोट ‘होम एण्ड अवे सिस्टम’का आधारमा खेलाइनेछ र नेपालले समूह चरणको तीन खेल नेपालमा हुनेछ । तर, दशरथ रंगशाला मर्मतका क्रममा रहेकाले होम गेम नेपालमा नहुने आशंका बढेको छ ।
अखिल नेपाल फुटबल संघ -एन्फा)ले भने होम गेमका लागि हलचौक मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको विकल्प एएफसी सामू पठाएको छ ।
प्रधानमन्त्री प्रचण्डले यसबारे आवश्यक प्रक्रिया अघि बढाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।
२०७३ फागुन २ गते १५:३२ मा प्रकाशित
स्वास्थ्य



