नेपाली राष्ट्रिय क्रिकेट टिमले फेरि पनि भारतलाई हरायो, ४० रनले विजयी 1
पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा २४८ रन बनायो । सुनील धमलाले ७४, विनोद भण्डारीले अविजित ४१ तथा राजेश पुलामीले २३ बलमा ३० रन बनाए । पहिलो खेलमा १०४ तथा दोस्रो खेलमा ९५ रन बनाएका कप्तान ज्ञानेन्द्र मल्लले भने ब्याटिङ गरेनन् । जवाफमा नोयडाले ४७.२ ओभरमा सबै विकेट गुमाएर २०८ रन बनाउन सक्यो । सोमपाल कामीले २८ रन खर्चेर ३ तथा सन्दीप लामिछाने र शक्ति गौचनले समान २–२ विकेट लिए । यसअघि भएको पहिलो खेलमा भारतीय टिम विजयी भएको थियो भने दोस्रो खेल नेपालले जितेको थियो । यही फागुन २८ र ३० गते विश्व क्रिकेट लिग च्याम्पियनसिपमा काठमाडौंको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले केन्यासंग खेल्दैछ


0 comments
Write Down Your Responses