अन्तरास्ट्रिय
»
किन चाइनाको इन्टरनेट सेवा पश्चिमका मुलुकहरु भन्दा छिटो दौडिदै छ?
किन चाइनाको इन्टरनेट सेवा पश्चिमका मुलुकहरु भन्दा छिटो दौडिदै छ?
चार वर्ष अगाडि बेलायतका मानवशास्त्री टोम म्याकडोनाल्डले बेइजिङ र सांघाइको बिचमा पर्ने सानो दुर्गम गाउँ आन्सानमा घर बसाए। यो दुर्गम गाउँमा वस्नुको उनको एउटै उद्देश्य स्थानियहरुले कसरी सामाजिक संजालको प्रयोग गर्छन भन्ने कुराको खोज गर्नु थियो। तर, कुनै दिन यस्तो आयो उनि स्वयम आफ्नो निर्णयप्रति धेरै दुखी देखिन थाले।
म्याक्डोनाल्ड भन्छन ‘पृथ्वीको यस्तो कुनामा कुन मान्छेले वस्ने निर्णय गर्यो होला भनेर स्थानियहरु जान्न चाहन्थे।’ स्थानियहरु यो शहरलाई एक दुर्गम ठान्थे र सधै त्यहाँबाट भाग्ने आशा राख्थे। प्राबिधिक परिवर्तनको झिनो आस पनि नभको ठान्थे। हो, आन्सानको त्यहि एकान्तपन नै मानवशास्त्री म्याक्डोनाल्ड आउनुको प्रमुख कारण थियो।
चाईनाको इन्टरनेटका बारेमा लेखिएका लेखहरुमा प्राय त्यहाँको ठुला ठुला शहर र कुलिन वर्गका बयान हुन्छन। त्यसैगरी इन्टरनेटमा सरकारी सेन्सरसिप, नियन्त्रण र जर्ज अरवेलको १९८४ मा बयान गरिए जस्तो उदास स्थानको रुपमा चित्रित गर्ने कुरामा बढि केन्द्रित हुन्छन्। तर जब म्याक्डोनाल्डले आन्सानको नबिन र जीवन्त अनलाइन संसार देखे उनि त आश्चर्यमा परे। उनले भने ‘हामि चाइनाको इन्टरनेट ढिलो र दिक्क लाग्दो अनि निश्चित ठाँउमा मात्रै होला भनेर सहजै अड्कल काड्छौ। वास्तविकता अर्कै छ, यहाँको इन्टरनेट एकदम सृजनशिल र जीवन्त छ र प्रयोगकर्ताहरु पनि उत्तिकै। यो एक अनलाइन मेला जस्तै लाग्छ।’
चाईनाको डिजिटल संसारको बारेमा गहन छलफल गर्न म हङ्गकङ्ग विश्वबिद्यालय स्थित म्याक्डोनाल्डको अफिसमा पुगे। साथै मानिसहरुले यो विकासलाई कसरी दिनानुदिन आफ्नो परम्परामा समाहित गरिरहेका छन भनेर पनि छलफल गरियो।
चाइनाका केहि ठाउँहरु (जस्तै आन्सानको) इन्टरनेट कनेक्टिभिटी पश्चिमा मुलुकहरुलाई पनि माथ दिने खालको छ। उनले भने ‘मैले मेरो कार्यक्षेत्र छोड्नु भन्दा अगाडि नै टेलिफोनको फोर जी सेवा प्रयोगमा आईसकेको थियो। जबकि मेरो गाउँ योर्कशायरमा अहिले सम्म त्यो सेवा उपलब्ध छैन्। त्यसैले आजभोली चाईनाका ग्रामिण भेगमा पनि मासिहरुको आधुनिक जीवनशैली छ र आधुनिकता संग रामै्र परिचित छन्।’
हाल चाइनामा सेवाको उपलब्धता र प्रयोगको तिब्र छ। जस्तो भर्चुअल मुद्राको सेवा र प्रयोग ब्यापक छ, जुन पश्चिमा मुलुक भन्दा धेरै अगाडि हो। भबिष्यमा हाम्रो ठाउँ कस्तो होला भनेर हेर्न चायौ भने चाइनाका अन्सान र बेइजीङ्गका अहिलेका दृश्यहरु हेरे पुग्छ।
तथ्याङ्कका अनुसार एक दशक देखि इन्टरनेट पहुँचमा चाईना अग्रस्थानमा छ। चाइनाले अमेरिकालाई सन् २००८ मा नै पछि पारेको हो। हाल चाइनामा ७ सय मिलियन इन्टरनेट प्रयोगकर्ता अनलाईन हुन्छन्। यि प्रयोगकर्ताहरु ठूला ठूला शहरहरुका भएता पनि करिब १ सय ७८ मिलियन त अन्सान जस्ता ग्रामिण भेगका हुन्।
करिब ६ हजार जनसंख्या भएको अन्सानका बासिन्दा म्याक्डोनाल्डलाई आइटि बिशेषज्ञ नै ठान्थे र आफ्ना इन्टरनेट सम्बन्धि समस्याहरु समाधान गरिदिन भन्थे। उनि बिशेषज्ञ त हैनन् तर साना तिना समस्या समाधान गरिदिन्थे जस्ले गर्दा अन्सानका बासिन्दा खुसि भएर उनको अनुसन्धानमा सहयोग गरिदिन्थे।
चाइनामा क्यूक्यू र विच्याट निकै प्रख्यात सामाजिक संजालहरु हुन जस्ले माईक्रो ब्लगिङ्ग सिना वेईबोलाई निकै पछाडि पारेका छन। माईक्रो ब्लगिङ्ग सिना वेईबो चाइना भन्दा अन्य मुलुकमा प्रख्यात मानिन्छ।
क्यूक्यू र विच्याटले इमेललाई प्रतिस्थापन गरेका छन्। अझ क्यूक्यूले फेसबुकलाइ र विच्याटले व्हाटस्एपलाई प्रतिस्थापन गरेका छन। यी दुबैमा धेरै चाखलाग्दा बिशेषताहरु भएको म्याकडोनाल्ड बताउँछन्। विच्याटमा त फोनलाइ हल्लाउँदा पनि साथिहरु बनाउन सकिन्छ। विच्याटका करिब ७ सय मिलियन प्रयोगकर्ता छन्।
म्याकडोनाल्डका अनुसार अन्सानका बासिन्दाहरु आफ्नो प्रोफाइलमा राजनिति सम्बन्धि कुरा पोष्ट गर्दैनन्। यहि नै बेलायती प्रयोगकर्ताहरु र चाइनिजका बिच भिन्नताहरु मध्ये एक हो। यो सेन्सरसिपका कारण नभई जस्ले पोष्ट गर्यो उसैका वरिपरिकाले यस्तो किन पोष्ट गरेको भनि सोधेर हैरान पान भएकोले हो।
प्रयोगकर्ताहरुले नै नयाँ नयाँ परिक्षण गर्ने गरेको कुरा म्याकडोनाल्डले आफ्नो किताबमा उल्लेख गरेका छन्। चाइनाका इन्टरनेट प्रयोगकर्ताहरु अन्य देशका भन्दा बढि रंगिन भएको उनको अनुसन्धानले देखाएको छ।
म्याकडोनाल्डले सन् २०१४ मा अन्सान छोडेका थिए। त्यस यता चाइनाले प्रबिधिको क्षेत्रमा अझै फड्को मारिसकेको छ। डिजिटल मुद्राले सबै कुरा अनलाइन मार्फत गर्न अब्यस्त छन अहिले। म्याकडोनाल्डकी एक बिद्यार्थिका अनुसार पश्चिमका मानिसहरु आफ्नो ब्यक्तिगत सुचनाहरु दिन डराउँछन, तर चाइनिजहरु यसमा खासै वास्ता गर्दैनन्। उनिहरु राज्यद्वारा नियन्त्रित बैकहरु टाट नपल्टिने र आफ्ना सबै सुचनाहरु सरकारसंग हुने हुदा केहि समस्या नहुने मान्यता राख्छन। डिजिटल मुद्राका कारण आफ्नो हरेक पैसाको प्रयोग हुने भएकोले प्रयोगकर्ताहरु निकै खुसि छन्।
म्याकडोनाल्डको बिचारमा अब अरुले चाइनाबाट सृजनशिलताको पाठ सिक्नु पर्छ। उनले भने ‘हामि के सोच्थौं भने चाइनाले अरुको नक्कल मात्र गर्छ, तर जब हामि विच्याट, ताओबाओ र अलिबाबा भित्र गयौं भने उद्देक लाग्छ किनकि बेलायतमा हामिसंग जे छ त्यो भन्दा धेरै छ उनिहरुसंग। यसमा जे पनि भेटिन्छ, जे पनि सजिलै र तार्किक तरिकाले प्रयोग गर्न सकिन्छ। साथै भविष्यमा हामिले उनीहरुका धेरै कुरा देख्ने छौं
0 comments
Write Down Your Responses