समाचार
»
मुलुक पूर्णरुपमा लोडसेडिङ मुक्त भएको प्राधिकरणका निर्देशक घिसिङको उद्घोष
मुलुक पूर्णरुपमा लोडसेडिङ मुक्त भएको प्राधिकरणका निर्देशक घिसिङको उद्घोष
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मुलुक पूर्णरुपमा लोडसेडिङ मुक्त भएको उद्घोष गरेका छन् । उनले उद्योग र कलकारखाना बाहेक अन्य क्षेत्र लोडसेडिङ मुक्त भएको जानकारी पनि दिएका छन् । प्राधिकरण प्रमुख घिसिङले लोडसेडिङलाई इतिहास बनाउँदै मुलुकभर उज्यालो छर्ने काम गरिएको बताए । उनले कक्षा १० को परीक्षा एसएलसीको समयलाई मध्यनजर गर्दै मुलुक भर नै लोडसेडिङ मुक्त गरिएको जानकारी दिए ।
त्यसैगरि प्रबन्ध निर्देशक घिसिङले मुलुकमा लोडसेडिङ अन्त गरेर उर्जा क्षेत्रलाई उन्मुख गराउने तर्फ प्राधिकरण लागेको बताए । उनले जलविद्युत आयोजनाबाट विद्युत निकालेर यसलाई वितरण गर्ने सोंचमा प्राधिकरण रहेको समेत बताए ।
0 comments
Write Down Your Responses