दमकः एकपटक कामुक फोटो सेसन गरेर विवादमा आएकी नायिका शुभेच्छा थापा यसपटक भने बेग्लै शैलीमा प्रस्तुत हुने भएकी छन् । नेपाली चलचित्रमा बोल्ड सिन दिन माहिर मानिएकी थापा चलचित्र 'शिवम्' मा एक्सन लेडीका रूपमा आउन लागेकी छन् । झापाको दमकमा चलचित्रको शुभमुहूर्त गरिएको छ ।
चलचित्रका निर्देशक राजु गिरीले धेरै चलचित्रमा थापालाई बोल्ड सिनमा उतारे पनि यस चलचित्रमा एक्सन रोलमा प्रस्तुत गर्न लागेको जानकारी दिए । चलचित्रको आधाभन्दा बढी छायांकन दमक, फिक्कलसहित पूर्वका विभिन्न ठाउँमा गरिनेछ
।
दमकमा बसोबास गर्दै आएकी कल्पना खरेलले निर्माण गर्न लागेको चलचित्रको लागत ६० लाख रुपैयाँ अनुमान गरिएको छ । चलचित्रमा शुभेच्छासहित सोम भेटवाल, रवि गिरी, पल्पसा डंगोल, राजु थापालगायत कलाकार छन् । निर्देशक गिरीले चलचित्रमा ग्ल्यामर नहुने बताइरहँदा नायिका थापाले लगाएको पहिरनप्रति सबैको ध्यान खिचिएको थियो ।

काठमाडौं – गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले बक्स अफिसमा कब्जा जमाइरहेको छ। निश्चल बस्नेत निर्देशित फिल्मले छक्कापञ्जाको कीर्तिमानलाई पछ्याउने संकेत देखिएको छ।
सोमबार साँझसम्म काठमाडौंबाहिर मात्र २५ लाख हाराहारीको कलेक्सन भएको छ। फिल्मले राजधानीमा एक करोडमाथिको व्यापार गरेको जानकारी उनले दिएका थिए।
पाँच वर्षअघि रिलिज भएको ‘लुट’को सिक्वेल कथामा ‘लुट २’ निर्माण गरिएको हो। शिवरात्रीको सार्वजनिक विदा पारेर रिलिज भएको फिल्मले पहिलो दिन नै १ करोड ५२ लाखको व्यापार गरेको दाबी फिल्म निर्माता नरेन्द्र महर्जनले गरेको छन्।
शनिबार फिल्मले १ करोड ६६ लाखको कलेक्सन गरेको उनले जानकारी दिए। तुलनात्मक रुपमा आइतबार भने ७३ लाख कलेक्सन गरेर फिल्मले केही फितलो व्यापार गरेको थियो।
सोमबार साँझसम्म फिल्मले राजधानीमा एक करोडमाथिको व्यापार गरेको जानकारी उनले दिएका छन्। सोमबार काठमाडौंबाहिर मात्र २५ लाख हाराहारीको कलेक्सन भएको छ। ‘लुट २’लाई माधव वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन्।
अभिनेता दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, ऋचा शर्मा, एलिशा राई, प्रवीण खतिवडा, कर्मा शाक्य लगायतले फिल्ममा अभिनय गरेका छन्।
हलिउड-बलिउड फिल्मभन्दा राम्रो कमाइ
शुक्रबार नै रिलिज भएका हलिउड फिल्म ‘जोन विक च्याप्टर २’ र बलिउड फिल्म ‘रंगून’को कमाइ लुट २ को तुलनामा निकै फितलो देखिएको छ।
‘लुट २’ राजधानीका २२ र राजधानीबाहिर ८० हलमा चलिरहेको छ। त्यस्तै ‘जोन विक च्याप्टर २’ क्युएफएक्स अन्तर्गतका हलहरुमा छ भने छ भने फिल्म ‘रंगून’ राजधानीबाहिर २७ वटा हलसहित ४० वटामा चलिरहेको छ।
पहिलो साताको कमाई आधा–आधा
नेपालभर सञ्चालनमा रहेको मल्टिप्लेक्स हलहरुमा फिल्म रिलिज भएको पहिलो हप्ता उठाएको रकम फिल्म युनिट र हलबीच ५०–५० प्रतिशत वितरण गर्ने नियम छ।
त्यस्तै दोस्रो हप्तामा भने फिल्म युनिट कलेक्सनको ४० प्रतिशत र तेस्रो हप्ताबाट कलेक्सनको ३७ प्रतिशत फिल्म युनिटले पाउँछन्। यता सिंगल थियटरमा भने फिल्म रिलिजको दिनदेखि हलबाट उत्रँदासम्मको कलेक्सन फिल्म युनिट र हलबीच ५०–५० प्रतिशत बाँड्ने परम्परा छ।