एमाले कार्यकर्ताले प्रयोग2 गरेको भारतीय गाडी मधेसी मोर्चाद्वारा आगजनी
सभामा बोलेर बरिष्ठ एमाले नेता माधवकुमार नेपाल फर्केपछि मोर्चा कार्यकर्ताले गाडी आगजनी गरेको प्रत्यक्षदर्शीले बताए। एमाले झन्डा गाडेको गाडीमा आगजनी भएका बेला कोही पनि सवार थिएनन्।
गाैरमा अायाोजित अामसभामा सहभागी हुन एमाले कार्यकर्ताले सो गाडी प्रयोग गरेका थिए।
स्थानीय चुनाबविरुद्ध आन्दोलनरत मोर्चाले आइतबार दिउसो एमालेको सभाविरुद्ध वीपी चोकमा प्रदर्शन गरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास र लाठीचार्ज गरेको थियो। प्रहरीको बल प्रयोगबाट एक सञ्चारकर्मी सहित दुई जना घाइते भएका छन्।
सभामा बोलेर बरिष्ठ एमाले नेता माधवकुमार नेपाल फर्केपछि मोर्चा कार्यकर्ताले गाडी आगजनी गरेको प्रत्यक्षदर्शीले बताए। एमाले झन्डा गाडेको गाडीमा आगजनी भएका बेला कोही पनि सवार थिएनन्।
सुरक्षाकर्मीले गाडीमा लगाएको आगो निभाएका छन्। गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ

0 comments
Write Down Your Responses