थबाङमा जुठो थाल माझेर फर्किए ‘विप्लव’1
।’
थबाङ पुगेका आधा दर्जन पत्रकार थाल माझेर सफल भएपनि पत्रकार दिपेश पराईविष्टले असफल भए । विष्टको थाल जुठो भन्दै फिर्ता गरिएपछि हाँसो चल्यो फेरि । यस्तो दृश्य बन्दसत्र अवधिभर चलिरह्यो थबाङमा । महासचिव विप्लवले मात्र होइन थबाङ पुगेका एक हजार प्रतिनिधि पर्यवेक्षक सबैले आफूले खाएको थाल माझेर फर्किए । सयौंका थाल जुठो भनेर फर्काइए । जुठो थाल पुनः सफा गर्न फर्किने डरले सबैजसोले सावुन डलेर वेस्सरी मस्को लगाएर बाझेको देखियो।
बन्दसत्रका प्रतिनिधि पर्यवेक्षक र पाहुना लागि पाँच वटा मेस संचालन गरिएका थिए । कार्यकर्ता र थबाङी मेसमा खटिएका थिए । मेसमा भात, दाल, तरकारी थियो । कहिले काही खसी र रांगाको मासु समेत व्यवस्था थियो । प्रतिनिधि पर्यवेक्षकले आफूले खाने थाल समेत घरबाट नै बोकेर ल्याएका थिए । प्रत्येकले थाली ल्याएकाले र जुठो थाली स्वयम् मस्काएकाले थोरै जनशक्तिले पनि मेस व्यवस्थापन सहज बनेको जिल्ला पार्टी सचिव दलबहादुर खत्रीको भनाइ छ।
कम्युनिष्ट पार्टीमा आस्थावानले ‘आफ्नो काम आपैmले गर्नुपर्छ’ भन्ने मान्यताबाट थाली माझ्ने गरिएको हो । ‘जनयुद्ध’ का वेला पनि तत्कालीन नेकपा माओवादीका नेता कार्यकर्ताले पनि यसरी नै जुठो भाँडा मस्काउने गर्थे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि युद्धताका थाल माझेको गाउँले सम्झन्छन्।
विप्लव नेतृत्वको विगतको नेकपा (माओवादी) बन्दसत्रबाट अब नेपाल कम्युनिष्ट पार्टी बनेको छ । तर, जुठो थाली माझ्ने लिगासी कायम राखेको छ । ‘श्रमको सम्मान’ कम्युनिष्टको थेगो नै हो । आफूले खाएको थाली सफा गर्नु जायज भए पनि ‘आफ्नो सबै काम आपैmले गर्ने’ भए राम्रो हुने टिप्पणी हुने गरेको छ ।
जुठो थाल अाफैँ सफा गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा पारित गरेको नेपाल कम्कुनिष्ट पार्टीको आगामी गतिविधि कस्ता हुन्छन् भन्ने सर्वत्र चासो छ।
एकिकृत जनक्रान्तिको कार्यदिशा पारित गरेको नेपाल कम्युनिस्ट पार्टीले थबाङमा प्रत्येक घरमा हसियाँ हथौडा अंकित झण्डा फहराएर र थुठो थाल माझेर पुनः एकपटक ‘जनयुद्ध’ को स्मरण गराएको छ।


0 comments
Write Down Your Responses