Welcome to ...

नवलपरासीमा कमल थापा, ज्ञानेन्द्र र रविशंकरको मिलन reed
२४ फागुन, चितवन । पूर्वराजा ज्ञानेन्द्र मंगलबार बिहान चितवनबाट निजी सवारी साधनमा नवलपरासीको दम्कौली पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी पुगेको केही घण्टापछि पूर्वराजा त्यहाँ पुगेका हुन् । चौधरी गु्रपले दम्कौलीमा निर्माण गरेको सीजी धामको उदघाटनमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र त्यहाँ निम्त्याइएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी बिहानै पुगेकी थिइन् भने ज्ञानेन्द्र दिउँसो पुगेका छन् । पूर्वराजा दम्कौली जानका लागि सोमबार नै काठमाडौंबाट चितवन पुगेका थिए । मंगलबार दिउँसो उनी गाडी चढेर चितवनबाट दम्कौलीतर्फ लाग्दा बाटामा समर्थकहरुले उनलाई स्वागत गरेका थिए । दम्कौलीबाट तौलीहवा जाने क्रममा राष्ट्रपतिको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरे पनि पूर्वराजाले भने कतै पनि विरोधको सामना गर्नुपरेको छैन । कमल थापा र ज्ञानेन्द्र एउटै विमानमा राजविराजमा सोमबार तनाव भइरहेका बेला पूर्वराजा चितवन झरेका थिए । पूर्वराजा चढेकै विमानका राप्रपा अध्यक्ष कमल थापा पनि थिए । राप्रपा अध्यक्ष थापा सोमबार राति चितवनको मेघौलीमा बसेका थिए । उनी पनि पूर्वराजासँगै दम्कौलीको सीजी धाममा सहभागी भए । दम्कौलीमा भारतीय आध्यात्मिक गुरु रविशंकर पनि पूर्वराजा र कमल थापाका साथमा थिए । रविशंकर उनै व्यक्ति हुन्, जसले ओली सरकारका पालामा तत्कालीन परारष्ट्र मन्त्री रहेका कमल थापालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्ध सुधार गराइदिएका थिए । यसैसता काठमाडौं आएर नवलपरासी पुगेका रविशंकर आध्यात्मिक गुरु भएता पनि भारतमा बीजेपी र नरेन्द्र मोदीसँग राम्रो राजनीतिक पहुँच र प्रभाव राख्ने व्यक्तित्व हुन् । त्यस्तै दम्कौलीमा ज्ञानेन्द्र र प्रचण्डसँग भेट गरेका शंकराचार्य जयन्द्र सरस्वती पनि नेपालमा हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्ने व्यक्ति हुन् । राप्रपा अध्यक्ष थापा मंगलबार नै काठमाडौं र्फकने राप्रपाले जानकारी दिएको छ । २०७३ फागुन २४ गते १४:४१ मा प्रकाशित

0 comments

Write Down Your Responses