आजको रासिफल – बि.स.२०७३ फाल्गुन ०४ गते । बुधबार । ईश्वी सन् २०१७ फेब्रुवरी १५ तारिख । नेपाल सम्बत् १९३७ ।
ओएसनेपाल, क्यालिफोर्निया, अमेरिका – बि.स.२०७३ फाल्गुन ०४ गते । बुधबार । ईश्वी सन् २०१७ फेब्रुवरी १५ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । फाल्गुन कृष्ण पक्ष । तिथि पञ्चमी । नक्षत्र हस्ता,१३ घडि ५२ पला, दिउँसो १२ बजेर १६ मिनेट उप्रान्त चित्रा । काठमाडौंमा सूर्योदय ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ५४ मिनेट जादा । दिनमान २७ घडी ५७ पला । चन्द्ररासि कन्या ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा गरिएको लगानिबाट नाँफा कमाउँन निकै नै समय दिनु पर्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मुद्दा मामिलामा सहभागि नहुँनु होला । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर नतिजा आफ्नो पक्षमा ल्याउँन निकैनै संघर्ष गर्नुपर्नेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित रहनेछ । मामा तथा मावलि पक्षबाट तपाईले चाहेजस्तो सहयोग तथा समर्थन प्राप्त नहुँन सक्छ । माया प्रेममा सामान्य घटपट हुने तथा पारिवारिक यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्ने हुन सक्छ ।
शुभ अंक — २,५ शुभ दिशा — उत्तर
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा) अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ ।
शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा) सवारि साधन तथा घर जग्गा किन्दै हुनुहुन्छ भने ध्यान दिनुहोला गलत ब्याक्ति तथा बिचौलियाले फसाउन सक्छन् । निति निर्माण तहमा हुनुहुन्छ भने ख्याल गर्नुहोला तपाईको निर्णय सर्बत्र आलोचना हुनेछ । पढाई लेखाईमा अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमा सरहमा मानिस सँग छुटिनु पर्दा मन खिन्न हुनेछ । बिवादित बिषयको उठान नगर्नुहोला नकरात्मक नतिजाको सामना गर्नु पर्नेछ । परिवार तथा आफन्तसँगको आन्तरिक छलफलमा राज बाजिने हुँदा निचोड निकाल्न मुस्किल पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — पुर्व
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ देवमाताय नम
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथिभाई,आफन्त तथा शुभ चिन्तकको भावना नबुझ्दा टाडिन सक्छन् भने तपाई आफ्नै कारणले दाजुभाई तथा छिमेकिहरु सँग मनमुटाब बढ्नेछ । आम्दानि भन्दा खर्च बढ्नेछ भने आयस्रोतका बाटाहरु साघुरिनेछन् । वादबिवाद तथा मुद्दा मामिलमा भाग नलिनुनै उचित हुनेछ किनकि अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईको पक्षमा नहुन सक्छन् । छोटो तथा महत्वपुर्ण यात्रा तय हुने भएपनि उपलब्धि हात नलाग्न सक्छ । पराक्रम तथा आट गर्न नसक्दा शाहसिलो काम गर्ने जागर हराउँनेछ भने बिद्यामा सफलता प्राप्त गर्न अलि बढि समय दिनु पर्नेछ ।
शुभ अंक —५,८ शुभ दिशा — उत्तर
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
सिहं (मा, मी, मू ,मे, मो, टा, टी, टू ,टे) सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई मन मुटुमा राख्न सकिने तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । तपाईको सुमधुर आवाजले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना आवजलाई जनमानसमा लैजान सकिनेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसाय अगाल्नेहरुले आजको दिन मनग्गे आम्दानि गर्न सक्नेछन् ।
शुभ अंक — ६,९ शुभ दिशा — उत्तर
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
कन्या (टो, पा,पी,पु,ष,ण,ठ,पे,पा) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ भने बिपक्षहिरुको माग सम्बोधन गर्न गतिलो भुमिका निभाउन सकिनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् ।
शुभ अंक —३,६ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेभए पनि प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउँन सकिनेछ । स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुँनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ।
शुभ अंक — २,८ शुभ दिशा — दक्षिण
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रो सँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत ब्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् भने ति निर्णयहरुको सर्बत्र आलोचना हुनेछ । आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । बिद्या तथा प्रतिश्पर्धामा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । समाजमा सर्बसाधारणको काम गर्दा गर्दै पनि बिपक्षीहरुले भ्रम सिर्जना गरेर तपाईको साख गिराउँन लागि पर्नेछन् । बिशिष्ट ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु निअर्थक हनेछन् । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ ।
शुभ अंक —३,५ शुभ दिशा — पुर्व
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी) पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।
शुभ अंक — ४,६ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
कुम्भ (गू ,गे,गो,सा,सी,सू ,से,सो,दा) हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । साथिभाई हरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सुरक्षित रहनेछ ।
शुभ अंक — ५,७ शुभ दिशा — उत्तर
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउन सकिनेछ । साझेदारि व्यावसाय फस्टाएर जानेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
शुभ अंक —६,८ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद
0 comments
Write Down Your Responses