शोधकर्ताहरुको निष्कर्ष: मंगल ग्रहमा पानीको संकेत, मानव जीवन सम्भव !
लण्डन: शोधकर्ताहरुले मंगल ग्रहको भूमध्य रेखाको नजिक प्राचीन घाटीमा जमिन जस्तै दाग फेला पारेका छन्। दाग भेटेसँगै वैज्ञानिकहरुले पानीको मात्रा हुने सक्ने अनुमान गरेका छन्। यसका साथै उनीहरुले मंगल ग्रहमा अतितमा पृथ्वीमा जस्तै जीवन जिउन सम्भव खोज्न शोधकर्ताहरुलाई सुझाव दिएका छन्।
यो शोध जियोफिजिकल रिसर्च लेटर्स नामक पत्रिकामा प्रकाशित गरिएको छ। आयरल्याण्डको ट्रिनिटी कलेज डुबलिनको शोधकर्तामध्ये एक म्यारी बार्केले भनेका छन्, 'पृथ्वीको रेगिस्तानमा बालुवाको मात्रा बढी छ।तर कहिलेकाही अस्थिर भूइचालोले उक्त स्थानमा पानी पसेर ताल बने जस्तै मंगल ग्रहमा पनि यही अनुसार पानी रहेको हुनुपर्छ।'
उनले भनेका छन् 'तपाईले हाम्रो उत्सुकतालाई कल्पना गर्न सक्नुहुन्छ, जब हामीले मंगल ग्रहको एक भागको उपग्रहलाई स्क्यान गर्यौ। यो त्यही रेगिस्थानको भाग जस्तै देखाइदिएको छ। यसले त्यहाँ पनि पानीको मात्रा हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ।'
अफ्रिकाको नामीब रेगिस्तानमा एक लामो अध्ययनमा शोधकर्ताले सुरुवातमा धनुषको आकारमा लामो धर्सा देशान्तर रेखाको सतहमा देखिएको थियो। पछि थाहा भयो की यो भूजलवाष्पीकरणले गर्दा लवण बाँकी रह्यो र त्यही लवण वालुवाको निमार्ण भयो जुन धनुष आकारको आकृति देखिएको थियो।


0 comments
Write Down Your Responses