Welcome to ...

६ वर्षिय वालिकाको वलत्कारपछि शव फेला
कपिलवस्तु– कपिलवस्तुको चन्द्रौटा क्षेत्रमा दिनदहाडे बलात्कारका घट्ना हुन थालेका छन् । सोमबारमात्रै शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारीकी ६ वर्षिय छोरीको बलत्कारपछि हत्या भएको छ । सोमवार साँझ ७ वजे घरमा खेल्दै गर्दा हराएकी वालिकाको मङगलवार विहान चन्द्रौटा सशस्त्र प्रहरि गणको पछाडी जवाई खोलामा शव फेला परेको हो । वालिकालाई वलत्कार गरि खोलामा गाडेको अवस्थामा शव फेला परेको स्थानीयको भनाई छ । घटनाले चन्द्रौटा क्षेत्र स्तब्ध भएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनावारे अनुसन्धान भइरहेको र अपराधीलाई कानुनी दायरामा ल्याउने वताएको छ । स्थानियले अपारधीलाई उम्कन नदिन प्रशासनलाई खवरदारी गरेका छन् ।

0 comments

Write Down Your Responses