Welcome to ...

यी हुन् घामको एलर्जी हुनबाट छाला जोगाउने उपाय
नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ । घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् । घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् । काँक्रो पिँधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ । घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ती लगाउन पनि सकिन्छ । नरम कपडालाई भेनेगरमा डुबाई घामले डढेको छालामा लगाउनुहोस् । पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ । हरेक दिन दुईपटक चिसो पानीले नुहाउनुहोस् । घामले एलर्जी बनाएको ठाउँमा वा कोतरिएको भागमा आलु पिँधेर लगाउनुहोस् ।

0 comments

Write Down Your Responses