Welcome to ...

साप्ताहिक रासिफल – फाल्गुन ०८ गते आईतबार देखी फाल्गुन १४ गते शनिबार सम्मको
– बि.स.२०७३ फाल्गुन ०८ गते । आईतबार । ईश्वी सन् २०१७ फेब्रुवरी १८ तारिख । नेपाल सम्बत् १९३७ मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ
। सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । फाल्गुन कृष्ण पक्ष । तिथि अष्टमी,१७ घडि १६ पला,मध्यान्ह ०१ बजेर ३४ मिनेट उप्रान्त नवमी । नक्षत्र अनुराधा,३७ घडि २१ पला, बेलुका ०७ बजेर ३६ मिनेट उप्रान्त ज्येष्ठा । काठमाडौंमा सूर्योदय ०६ बजेर ४० मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ५७ मिनेट जादा । दिनमान २८ घडी १२ पला । चन्द्ररासि बृश्चिक ।
) भौतिक शुख सुबिधा एबम् सत्कार मिल्ने समय रहेको छ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघट तथा सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । बिद्यामा तथा प्रतिश्पर्धामा तपाईकै जित निश्चित छ । दिदिबहिनिबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । शुभ अंक — १,४ शुभ दिशा — दक्षिण शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा
) मेहनेत तथा लगनशिल भएर काम गर्ने जोसजागर आउनेछ । आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । बिबाह, बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । शुभ अंक — २,५ शुभ दिशा — उत्तर शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ देवमाताय नम मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा
) सत्रु तथा प्रतिश्पर्धिहरुलाई पराजित गर्दै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ भने मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यावसायमा लगानि बढाउदा राम्रो प्रतिफल प्राप्त हुनेछ भने नयाँ नयाँ कामको प्रस्ताब आउने तथा अल्झेर बसेका कामहरु फत्ते हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण अझ मजबुत भएर जानेछ । आलोचना गर्नेहरु तपाईकै काम तथा कुरा गर्दै हिड्नेछन् । शैक्षिक क्षेत्रमा लगानि बढाई राम्रो शिक्षा दिक्षा दिने अवसर प्राप्त हुँने हुँदा सबैले तपाईको कामको सम्मान गर्नेछन् । शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो
) स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुँनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा आफ्नो फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । प्रेम प्रसङगमा घटपट आउँने तथा आफुले मन पराएको मानिसलाई समय दिन नसक्दा टाडिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । शुभ अंक —४,७ शुभ दिशा — उत्तर शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम सिहं (मा, मी, मू ,मे, मो, टा, टी, टू ,टे)
सामाजिक,सास्कृतिक तथा राजनितिक काममा आफन्त,साथिभाई तथा शुभचिन्तक बाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजतिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने हुँदा मन प्रशन्न रहनेछ । शुभ अंक — ५,८ शुभ दिशा — पुर्व शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा
) बादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुको हार हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकिसँग नयाँ कामको सम्झौता हुने तथा सम्झौता अनुसार काम भए तपाईलाई प्रसस्त फाईदा हुनेछ । साथिभाई तथा आफन्तका साथ आन्तरिक यात्राको तय हुनेछ । पराक्रम बढ्ने हुँनाले आटिलो तथा शाहसिलो काम गर्न जोस जागर बढेर जानेछ । उद्योग,व्यापार व्यावसायमा गरिएको लगानिबाट भरपुर आम्दानि गर्न सकिनेछ । माया प्रेम गर्ने जोडिहरुका लागि भबिश्यमा सँगै बाच्ने बाचा कसम खादै रमाईलो गफ गर्ने अवसर प्रात्त हुनेछ । शुभ अंक —२,६ शुभ दिशा — उत्तर शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त
) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउन पनि सक्छ ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ । शुभ अंक — १,३ शुभ दिशा — उत्तर शुभ रंग — खरानि कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू
) समय र परिस्थितिको राम्रो सँग अध्ययन तथा बिश्लेषण गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुँनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला शुभ अंक — २,४ शुभ दिशा — पुर्व शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे
) बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुँने योग रहेको छ । सरकारि तथा गैर सरकारि सस्थामा नोकरि तथा पदोन्नति हुँने गतिलो सम्भावना रहेको छ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने प्रतिश्पर्धिहरु हार खानेछन् । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् । शुभ अंक —१,५ शुभ दिशा — दक्षिण शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई पछि पार्दै सफलताका सिडिहरु चड्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट मनग्गे फाईदा हुनेछ । साथिभाई तथा आफन्त सँगको भेटघाटमा मिठा मिठा परिकारको स्वाद लिदै गित संगितको धुनमा रमाउँन सकिनेछ । दाजुभाईको सहयोगमा सवारि साधन प्राप्तिको योग रहेको छ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । शुभ अंक — २,६ शुभ दिशा — पुर्व शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम कुम्भ (गू ,गे,गो,सा,सी,सू,से,सो,दा
) निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ । पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । शुभ अंक — २,५ शुभ दिशा — पश्चिम शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
) धर्मका नाममा गलत ब्याक्तिहरुले तपाईलाई प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । धार्मिक अनुश्ठान तथा शैक्षिक यात्राको गतिलो सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सामाजिक काममा समय खर्च भए पनि जस पाईने छैन । सबैको सुझाब तथा सल्लाहलाई अध्ययन गरि निर्णय आफै लिनुहोला । व्यावसायमा प्रशस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुँने हुँनाले मन चिन्तित रहेने छ । शुभ अंक —३,५ शुभ दिशा — पश्चिम शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद























0 comments

Write Down Your Responses