Welcome to ...

केपी अोलीले भने, 'राप्रपाले एमालेबाहेकका शक्तिलाई धक्का दिन सक्छ, होसियार हुनुस्'
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमालेबाहेकका राजनीतिक शक्तिहरुलाई धक्का दिन सक्ने बताएका छन्। शुक्रबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले राम्रो नीति लिए राप्रपाले एमालेबाहेकका राजनीतिक शक्तिलाई धक्का दिन सक्ने बताएका हुन्। ओलीले भने,‘ सहि नीति लिएर अघि बढे एमालेबाहेकलाई ठूलो धक्का दिन सक्छ। त्यो सम्भव छ। अरु होसियार भए हुन्छ।’ ओलीले संविधान संशोधन प्रस्ताव देशको हित र जनताको भावनाविपरीत रहेको बताए। उनले संशोधन प्रस्ताव जबरजस्ती ल्याएको भन्दै त्यो पास हुन नसक्ने ठोकुवा गरे। उनले भने,‘प्रमुख प्रतिपक्षी दल एमाले संशोधनको विरुद्धमा छ। राप्रपा पनि त्यसको विपक्षमा छ। अनि कसरी पास हुन्छ?’ उनले ९० प्रतिशतभन्दा बढी सांसदको हस्ताक्षर भएको संविधान नै सर्वस्वीकार्य भएको बताए। उनले भने,‘सवैले मान्ने भन्ने कुरा कहाँबाट आउँछ। यो संविधान संशोधन प्रस्ताव एमाले मान्दैन। पास हुँदैन म ठोकुवा गर्छु।’ ओलीले राप्रपालाई राष्ट्रवादी शक्तिका रुपमा आफूलाई उभ्याउन समेत आग्रह गरे।

0 comments

Write Down Your Responses