प्रवास
»
पोर्चुगलमा फष्टाएको 'नेपाली ठग्ने' व्यापार
पोर्चुगलमा फष्टाएको 'नेपाली ठग्ने' व्यापार

हामी समय र ठाँऊ अनुसार पेसा र व्यावसाय को वर्गीकरण गर्दछौ। कुनै देश र त्यहाँको नियम अनुसार हामीले के गर्दा राम्रो के नराम्रो भन्ने कुरा को मूल्याड्कन गर्दछौ। हामी जहाँ छौ त्यही को वारे धेर थोर जानकार हुन्छौ। म पोर्चुगलमा ३ वर्ष देखी छु र यहाँ नेपाली को पैसा र व्यावसाय वारे म केही भन्न चाहन्छु।
पोर्चुगलमा कति नेपालीहरु वर्षौ दिन सम्म काम नगरे पनि आफ्नो दिन सानदार तरिकाले काटेका छन् भने कति ले विहान ८ बजे देखी राती ११ वजे सम्म काम गर्दा पनि प्रत्येक २ महीनाको अन्तरालमा नेपालवाट हजार १५ सय युरो मगाऊनु पर्ने बाध्यता छ। कारण केही नभएर ‘ऊत्तम ठगी, मध्यम जागीर र अन्तिम व्यापार’ भएर नै हाे।
(क) उत्तम ठगीः पोर्चुगलमा नेपाली समुदायले राम्रोसगं कमाऊने र चाडै कमाऊने पेसा ठगी हो। अनि ठगीने पनि नेपाली हुन्। जब एयर्पोटबाट, एक नेपालीले अर्को नेपाली जस्ले ठगी पेसा बनायको छ ऊसलाई भेट गर्दछन, अनि सुरु हुन्छ ठगीको व्यवसाय। विभिन्न प्रलोभन देखाएर हुन्छ वा अवसर देखाएर हुन्छ उनीहरुले आफ्नो कावुमा ल्याएका हुन्छन्। त्यति मात्र होईन नजानिदो तरीकाले आफु वाहेक अरु कसैले जानेको छैन भन्ने सम्म विश्वास दिलाउन पछी पर्दैनन्। अनि सुरु हुन्छ ठगी व्यवसाय।
सामान्यतया पोर्चुगलमा सरकारी न्यूनतम मासिक तलब ५सय ५६ युरो छ। कतिपयले यो भन्दापनि कम तलवमा चित्त वुझाऊनु पर्छ। तर ठगी गर्नेहरुले महीनामा १ जना नयाँ नेपाली भेटे भने ५ देखि ७ सय युरो कमाईहाल्छन्। अझ कसैको नचलेको पसल या रेस्टुरेन्ट किन बेच गराईदिए भने १ हजार भन्दा माथी कमाई हाल्छन्। यस्ता कार्यमा प्राय पोर्चुगलको कार्ड भएका तर केही सिप नभएकाहरुको संलग्नता छ।
अलि व्यावसायिक ठगहरु जो बिभीन्न नामको कम्पनीमा खेतीपातिको एजेन्ट हुन्छन्। यी एजेन्टको काम भनेको आफुले नेपाली र बंगालीहरुलाई सस्तोमा लिने र केही वढी रकममा पोर्चुगीजको फार्मका मालीकलाई दिने हो। तर ति खेती कम्पनीले नेपालवाट सरकारले तोकेको भन्दा २०औ गुणा वढी पैसा असुलेर (१ जना को १२ देखि १४ लाखसम्म) पोर्चुगल ल्याऊने अनि २-४ महीना आफ्नो खेतीमा काम दियो त्यस पछि जिम्मेवारी सकियो। यहाँका नेपाली साहु महाजनहरुले यसरी करोडौं कमाए। पहिले समान्य कोठा भाडा तिर्न नसक्नेहरु ५ वर्षको अन्तरालमा पोर्चुगलमा समाजसेवी मात्र होईन करोडौंको गाडी किन्न सक्ने, देश विदेशमा व्यावसाय गर्न सक्ने भए। त्यसैले पोर्चुगलमा ठगी ऊत्तम व्यबसाय भएको छ। तर ठगी गर्नेहरु कोही व्यावसाय गर्ने नाममा नेपाल त कोही कम्पनी वन्द गरेर अर्को देशमा हिडीसके भने कति हिड्ने तरखरमा छन्।

(ख) मध्यम जागीरः पोर्चुगल मा जागीरलाई मध्यम नै मानीन्छ। प्राय पोर्चुगीजको खेतीमा नेपाली दलालबाट नभई सोझै काम गर्नेहरुले महीना को ५ सय ५० देखी ८ सय र सिजन मा १२ सय सम्म कमाऊन सक्दछन। रेस्टोरेन्टमा हप्ताको ६ दिन काम गर्नेले पनि सामान्यतय ५ सय ५६ कमाउँछन्। घरेलु कामदार दिदिबहीनीहरुको तलब सुविंधा अलि वढी हुन्छ। यसरी सरसर्ती हेर्दा काम गर्नेहरुले यहाँ कुनै महल किन्न नसक्लान तर यहाँ काम गर्नेहरु आफ्नो दैनिक राम्रोसंग चलाएका हुन्छन्।
पाेर्चुगलमा काम गरेर नै पोर्चुगलको पासपोर्ट लिएर कोही वेल्जीयम, कोही जर्मनी, कोही नर्वे कोही डेनमार्क गएर हाल आरामसगं बसेका छन्। त्यसैले पोर्चुगलमा जागीरलाई मध्यममा गनिन्छ।
(ग) अन्तीम व्यापारः पोर्चुगलमा प्राय यहाँको कार्ड बनाऊनकालागी नै आऊने हो। कसरी कार्ड वन्दछ भनेर यताउता दौड़ने केही उपाय नलागे अन्त्यमा व्यापारमा हात हाल्ने। नेपालबाट ऋण गरेर होस् या यूरोप का अन्य देशवाट कमाएर ल्याएको पैसा होस् कार्डको लागी व्यापार सुरु गरिन्छ। १-२ महीनासम्म त व्यापारमा घाटा नाफा थाहा हुदैन किन कि गोजी मा पैसा हुन्छ। अनि जव गोजीमा पैसा सकिन्छ बल्ल व्यापारमा घाटा नाफा थाहा हुन थाल्दछ।
व्यापार घाटामा भएपछि वेच्न खोज्याे। अनि विज्ञापन लेख्यो 'अति चलेकाे पसल विक्रीमा। कुर्यो कुर्यो पसल विक्री हुदैन। अनि बन्द गर्यो। बन्द गरे पनि सुख छैन, त्यो सामान कहाँ राख्ने तनाव माथी तनाव। केही महीना नेदरल्याण्डबाट पोर्चुगलमा व्यावसाय गर्न आएका एक नेपालीले २ महीना को अन्तराल मा ४० हजार यूरो डुबाए। त्यो पनि पोर्चुगलमा ऊत्तम व्यावसाय गरेका (ठग) मार्फत।
उनी त एऊटा पात्र मात्र हुन्। पोर्चुगलमा व्यापार व्यावसाय गर्ने ७ मा ५ व्यबसायिहरु घाटामा छन्। नचलाऊ लगानी डुब्ने। चलाऊ घाटा छ। दिनभरिको शिकार, कान्छा बाबुको अनुहार भने जस्तै पोर्चुगलको नेपाली व्यावसायिहरुको हालत छ।
प्रकाशित मिति: सोमबार, फाल्गुण ९, २०७३ ०१:०४:४१
0 comments
Write Down Your Responses