समाचार
»
मधेसीलाई समेत सहमतिमा लिएर चुनाव घोषणा गर्न राप्रपाको माग
मधेसीलाई समेत सहमतिमा लिएर चुनाव घोषणा गर्न राप्रपाको माग

राप्रपाले मधेस केन्द्रित दलहरुलाई समेत सहमतिमा ल्याएर चुनाव घोषणा गर्न सरकारसँग माग गरेको छ । राप्रपाको बन्दसत्रले मधेस केन्द्रित दलहरुको समेत सहमतिमा छिटो चुनाव घोषणा हुनुपर्ने निर्णय गरेको हो ।
भृकुटीमण्डपमा जारी महाधिवेशनले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । राप्रपा राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र र सुदृढ स्थानीय स्वायत्त शासन हुनुपर्ने पक्षमा छ ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता चलिरहेको छ । अध्यक्ष पदमा कमल थापाले दाबी गरेका छन् । थापाविरुद्ध प्रदीप विक्रम राणाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाको परिमार्जित विधान अनुसार राप्रपाको केन्द्रीय कार्यसमिति १६३ सदस्यीय हुनेछ । कार्यसमितिमा अध्यक्षसहित २७ जना पदाधिकारी रहनेछन् । जसमा एक अध्यक्ष, ५ पाँच उपाध्यक्ष, ४ महामन्त्री, १ कोषाध्यक्ष, ५ सहमहामन्त्री, ७ सहायक महामन्त्री, १ सहायक कोषाध्यक्ष, १ प्रवक्ता र २ सहप्रवक्ताको व्यवस्था गरिएको छ ।
२०७३ फागुन ८ गते १६:२७ मा प्रकाशित
0 comments
Write Down Your Responses