jani rakhau
यसलाई परिकारको रूपमा कसरी तयार पारिन्छ भन्ने कुरा लगभग धेरै गृहिणीहरूलाई थाहा छ । यसको ताजा टुसाबाहेक बोत्तलमा अचारको रूपमा राखेर धेरै लामो समयसम्म प्रयोग गर्नसकिन्छ। तामाको मेसो (अमिलो अचार) पनि धेरै प्रचलित अचार हो । तर आज यहाँ तामाको सब्जीबाट के-के स्वास्थ्यवर्धक लाभ पुग्दछ र कसरी बनाइन्छ भन्ने चर्चा गरिन्छ। बाँस अचम्मको उद्भिद हो ।
वनस्पति शास्त्रले यसलाई घाँसको प्रजातिमा गाभेको छ। तर स्वास्थ्यवर्धक घाँसहरूको चर्चा गर्ने हो भने बाँसलाई ‘घाँसको राजा’ भन्न सकिन्छ जुन नाम जापानीहरूले अगावै दिएका छन् । एसियामा यो प्रचलित सब्जी हो, तर अहिले पाश्चात्य देशहरूमा पनि विस्तारै विस्तारै अहिले यो सब्जी प्रचलित बन्दैछ किन कि वैज्ञानिकहरूले यो सब्जीमाथि शोध गरेपछि जुन तथ्य पत्तो लगाए, त्यो तथ्य सार्वजनिक भएपछि पाश्चात्य देशका वासिन्दाहरूको पनि यो सब्जीतर्फ चासो बढ़ेको हो । हाम्रो त यो पारम्परिक सब्जीनै हो, तर कसै-कसैले तामाको सब्जी नखाने र मननपराउने कुरा गर्छन् ।


0 comments
Write Down Your Responses