स्वयम्बरको औंठी भ्यागुताले निलेपछिs
।
क्रिस्टिनाले आफ्नो लागि मनको राजाले बनाइदिएको औँठी सुम्सुम्याउँदै थिइन् । त्यसै क्रममा एक्कासी औँठी भुइँमा खस्यो र भ्यागुताले क्वाप्पै खाइहाल्यो ।
भ्यागुताले औँठी खाइदिएपछि बिहे नै बिथोलिने चिन्ताले उनमा रिसको पारो त चढेको थियो तर के गर्नु १० वर्षदेखि पालेको त्यो भ्यागुतो घरको सदस्य जस्तै पि्रय थियो ।
उसको पेटबाट औँठी निकाल्नको लागि उसलाई मार्न उनको हात लागेन । भ्यागुतालाई पशु अस्पताल लगियो । एक्स रे गर्दा भ्यागुताको पेटमा पत्थर सहितको औँठी रहेको पुष्टि भयो ।
अब भ्यागुताको पेटबाट औँठी निकाल्ने कसरी ? पेट चिर्ने कुरा पनि भएन । त्यो ठूलो औँठी भ्यागुताको दिसा सँगै बाहिर आउने सम्भावना पनि थिएन । त्यसपछि पशु डाक्टरले विशेष जुक्ति लगाए ।
दुइ दिनसम्म भ्यागुतालाई खानै नदिने र विशेष प्रकारको हुक मुखबाट छिराएर पेटमा भएको औँठी बाहिर निकाल्ने । पशु चिकित्सक जुलिया अन्ततः भ्यागुताको पेटबाट स्वयंवरको लागि तयार पारिएको त्यो औँठी निकाल्न सफल भइन् ।
भ्यागुताको पेटबाट निकालिएको औँठी सफा गरेर क्रिस्टिनालाई दिइन् उनले । औँठी पाएपछि ढुक्क रोमन र क्रिस्टिनाको जोडी पनि छिटै बिहे गर्ने योजनामा छन् ।


0 comments
Write Down Your Responses