Welcome to ...

अचानक स्वास्थ्यमा यस्तो गम्भीर समस्या देखापरे के गर्ने ?
कहिलेकहिं अचानक शरीरमा गम्भीर समस्या देखापर्न सक्छ । कुनैबेला दुर्घटनामा पर्न सकिन्छ । यसरी आकस्मिक रुपमा आइपर्ने स्वास्थ्य समस्यामा के गर्ने ? अक्सर हामी हडबडाउँछौ । सही निर्णय लिन सक्दैनौ । यद्यपी ति अवस्थामा पनि संयम अपनाएर प्राथमिक उपचार गर्न सकियो भने संभावित खतराबाट उम्कन सकिन्छ । हृदयघात भएमा (दम) प्राथमिक उपचार – बिरामीलाई त्यही स्थानमा रहन दिनुपर्छ, जहाँ आरम महसुष गर्न सकोस् । – ध्यान राखौं कि ब्यक्ति वेहोस नहोस्, त्यसैले हावा चल्ने स्थानमा राख्नुपर्छ । – उसको धड्कन, उच्च रक्तचाप, चेतना अदिको बेलाबेला जाँच गरिरहनुपर्छ । – यदि उसलाई सास फेर्न गाह्रो भइरहेको छ भने कम्मरमा सिरानी राखेर उठाइदिनुपर्छ । – हृदयघात भएको तीन घण्टाअघि नै सही उपचार गराउनुपर्छ । अस्थमा आक्रमण प्राथमिक उपचार – विरामीलाई आरमदायक ढंगले कुर्सीमा बसाउने । – आसपासमा भिड नगर्ने, शान्त र खुला स्थानमा राख्ने । – उनीहरुसँग रिलिवर पफ हुनसक्छ, त्यसैले बिरामीलाई रिलिवर पफ प्रयोग गराउने । – यदि त्यसले कुनै सुधार देखिएन भने चिकित्सकलाई तुरुन्तै खबर गर्ने । बेहोस भएको अवस्थामा प्राथमिक उपचार – खुला हावा आउने स्थानमा लगेर सुताइदिनुपर्छ । खुट्टामा केहि सिरानी राखेर खुट्टाको भाग उठाइदिनु पर्छ । – हात खुट्टा चिसो भयो भने त्यसलाई तातो बनाउन मसाज गरिदिनुपर्छ । – झोलयुक्त खानेकुरा ख्वाउनुपर्छ । पानी, कागती पानी दिनुपर्छ । हातखुट्टा मर्किएमा वा हड्डी भाँचिएमा प्राथमिक उपचार – चोट लागेको स्थानमा कुनै सर्पोट बिना हल्लाउनु, चलाउनु हुँदैन, त्यहाँ कुनै खालको दबाव हुनुहुँदैन । – यदि हल्लाउनु वा चलाउनु परेको अवस्थामा चोट लागेको ठाँउमा कार्डबोर्ड, पत्रिकालाई फोल्ड गरेर राख्ने, सावधानीपूवर्क कपाडा बाँध्ने । – सुन्निएको कम गर्न वा दुखाई कम गर्नका लागि चेट भएको स्थानमा बरफ वा आइसक्युवले हल्का रगड्ने । – टाउको, गर्दन र कम्मरमा चोट लागेको छ भने हिँडडुल गर्नु हुँदैन । आगोले जलेमा प्राथमिक उपचार – यदि कपडामा आगो सल्कियो भने यताउता भाग्ने भन्दा जमिनमा रोल गरिहाल्नुपर्छ । – जलेको व्यक्तिलाई पानी हाल्ने होइन, बरु कम्बलले बेरेर आगो निभाउने प्रयास गर्नुपर्छ । – पीडितलाई सुरक्षित स्थानमा लगेर तुरुन्तै कपडा बदलिदिने । – जलेको भागमा बरफ लगाउने गल्ती नगरौ, बरु चिसो पानी हाल्नुपर्छ । – सुन्निएको र पोलेको कम गर्न घिउकुमारीको लोशन लगाउने । सडक दुर्घटनामा प्राथमिक उपचार – रगत धेरै बग्नबाट रोक्नका लागि चोट लागेको भागमा दबाएर राख्ने वा सफा कपडाले बाँध्ने । – सडक दुर्घटनाको क्रममा व्यक्तिको मेरुदण्डको हड्डी भाचियो वा टाउकोमा चोट लाग्यो भने धेरै यताउता हल्लाउनु हुँदैन । – दुर्घटनाग्रस्त व्यक्तिको हातखुट्टा चिसो हुनसक्छ । त्यसैले उसको हातखुट्टा मसाज गरिदिनुपर्छ । – सकेसम्म चाडै चिकित्सककाहाँ पुर्‍याउने व्यवस्था गर्नुपर्छ । २०७३ फागुन २७ गते १०:५९ मा प्रकाशित

0 comments

Write Down Your Responses