भारत र चीनलाई बाबुरामले द्वन्द्वबाट कसरी जोगाए ? दिल्लीमा गरेकाे सम्बोधनकाे पूर्णपाठ
समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यो चर्कदै जाँदा छरछिमेकीलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रुप लिने खतरा थियो' माओवादी सशस्त्र विद्रोहका एक मुख्य नेता समेत रहेका भट्टराईले भने।
माओवादीले आफना बैचारिक मान्यताहरुलाई थाति राखेर परम्परागत रुपमा उदारवादी लोकतन्त्रसँग सम्बद्ध नीजि सम्पतिको संरक्षण,कानुनी राज,शक्ति पृथकीकरण जस्ता मान्यतालाई आत्मसाथ गरेको उल्लेख गर्दै भट्टराईले माओवादी र गैरमाओवादीहरु वीचको प्रतिबद्धता,समझदारी र सम्झौताहरुले दीर्घकालीन शान्ति प्रक्रिया र संविधान निर्माणको आधार निर्माण गरेको उल्लेख गरेका छन।
'यी मान्यताहरु नेपाली राजनीतिलाई बुलेटबाट व्यालेटमा संक्रमण गर्नका लागि आधारभुत मान्यता हुन' भट्टराईले भने 'यदि द्धन्दको मूल कारणलाई सम्बोधन गरिएन भने आर्थिक सामाजिक रुपान्तरणको जनताको राजनैतिक मागलाई पूरा गरिएन भने समाजको दीगो विकास र स्थायित्व तर्फको शान्तिपूर्ण संक्रमण जोखिममा पर्न सक्छ।'
'तपाई महासागर पार गर्न सक्नुहुन्न,जवसम्म तपाईले देखेको किनारालाई पछाडि छोडने साहस राख्नुहुन्न' भन्ने क्रिष्टोफर कोलम्बसको भनाईबाट भट्टराइले आफनो मन्तव्य टुंग्याएका थिए। 'मैले त्यहि बुलेटमा देखिएको किनारालाई पछाडि छोडने साहस बटुल्दै विश्व समाजलाई व्यालेटको माध्यमबाट प्रगतिशिल बिश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु।त्यसैले शान्ति,समृद्धि,न्याय र समानताको वस्तुगत अवस्था सिर्जना गर्न र कसैले पनि फेरी हतियार उठाउनु नपर्ने अवस्थाको सिर्जना गर्न हातमा हात काँधमा काँध मिलाऔ' भट्टराईले भने।


0 comments
Write Down Your Responses