Welcome to ...

संविधान संशोधन, पहाड र तराईलाई अलग गर्ने षड्यन्त्र हो : ओली
एमाले मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा यहाँ आज भएको सभालाई सम्बोधन गर्दै नेता ओलीले संविधान संशोधन नभइकन निर्वाचन हुन सक्दैन भनी संविधान संशोधनको नाटक रचिएको आरोप लगाए । उनले भने, “निर्वाचन र संविधान संशोधनको कतै कुनै साइनो छैन, निर्वाचन गर्ने कुरासँग संशोधनको कुनै सम्बन्ध छैन ।” नेपाली परनिर्भर नभई आत्मनिर्भर र स्वतन्त्र भई देशलाई समृद्धिको बाटामा डो¥याउनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री ओलीले देशलाई फेरि पनि गरिबै राख्ने, अगाडि बढ्न नदिने, सम्पन्न हुन नदिने प्रयास निर्देशित रुपमा भइरहेको विचार व्यक्त गरे । उनले देशमा शान्ति छाउन नदिने, संविधान बन्न नदिने, संविधान बनेपछि कार्यान्वयन हुन नदिने प्रयास भइरहेको जनाउँदै उनले चिन्ता व्यक्त गरे । राष्ट्रिय एकता र समाजिक सद्भाव खलबलिन नदिन सबै चनाखो हुनुपर्नेमा पनि उनले जोड दिए । सभामा एमालेका उपाध्यक्ष वामदेव गौतमले सप्तरी जिल्लामा हत्याकाण्ड गराएर एमालेलाई बद्नाम गर्न चाहनहरु आफैँ बदनाम भएको बताए । एमालेका अर्का उपाध्यक्ष भीमबहादुर रावलले तराई, पहाड र हिमालका जनताले एकता चाहेको उल्लेख गर्दै ‘जनतालाई टुटाउने र विभाजित गरेर बाह्य हस्तक्षेप निम्त्याउने षड्यन्त्र’ देशमा सफल हुन नदिइने बताए । “एमालेले भारत, चीन, अमेरिका सबै देशसँग राम्रो सम्बन्ध चाहेको छ तर नेपालको स्वाधीनतालाई झुकाउने, बाह्य हस्तक्षेप निम्त्याउने कुरालाई अस्वीकार गर्छ, ” उनले भने । सभामा एमालेका नेता कर्ण थापा, प्रेम आले मगर, गरिमा शाह, नारदमुनि रानालगायतले पनि बोलेका थिए । सभामा नेकपा ९माओवादी केन्द्र० डोटीका डम्बरबहादुर सिंहलगायत व्यक्ति एमालेमा प्रवेश गर्नुभएको थियो । स्थानीय बजारको मुख्य सडकको चोकमा एमालेले सभा गरेका कारण झन्डै तीन घन्टासम्म आवागमन अवरुद्ध भई सर्वसाधारण सास्ती खेप्न बाध्य भएका थिए । गत फागुन २१ देखि पूर्वी नेपालबाट सुरु गरिएको सो अभियान आजै कञ्चनपुरमा पुगेर औपचारिक रुपमा समापन गर्न लागिएको जनाइएको छ ।

0 comments

Write Down Your Responses