समाचार
»
त्रिभुवन विमानस्थलमा हिलो र पालबाट भिभिआइपीले मुक्ति पाउने
त्रिभुवन विमानस्थलमा हिलो र पालबाट भिभिआइपीले मुक्ति पाउने
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा विदेशबाट आएका पाहुनाको लागि राज्यको तर्फबाट स्वागत गर्दा प्रयोग हुने अति विशिष्ट स्थलको मौलिक ढङ्गले निर्माण सम्पन्न हुन लागेको छ।
विदेशी अति विशष्ट पाहुना नेपाल आउँदा पालको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न पर्यटन मन्त्री जीवनबहादुर शाहीले नेपाली मौलिकतामा आधारिता संरचना निर्माण गर्न सक्रियता देखाएका थिए। मन्त्री शाहीले प्रत्यक्ष निगरानीमा राखेर निर्माणलाई अगाडि बढाएकाले छोटै समयमा अति विशिष्ट कक्षका लागि भौतिक सँरचना तयार भएको छ।
मन्त्री शाहीले बुधबार संरचना निर्माण स्थलको निरीक्षण गर्दै केही दिन भित्र प्रयोगमा आउने निश्चित भएको बताए । उक्त स्थानमा विदेशी राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुख आउदा स्वागत गर्न प्रयोग गरिदै आएको छ।
पहिला त्यस्तो संरचना नहुंदा अस्थायी प्रकृतिको व्यवस्था गर्ने गरिएको थियो। वर्षौ देखि हिलो र पालमा बस्नु पर्ने बाध्यता रहेका भिभिआइपीहरुले यो कक्ष निर्माण भएसँगै त्यसबाट छुटकारा पाउने भएका छन्। पानी परिरहेको समयमा भिभिआइपी आउँदा झन कष्टपूर्ण अवस्थामा स्वागत गरिन्थ्यो।
अब भने पानी, हिलो र पालबाट भिभिआइपीलाई मुक्ति मिल्ने भएको छ। पाहुनाले सास्ती र राष्ट्रले वेइज्जती भोग्नुपर्ने अवस्थाको अन्त्य भएको छ।
0 comments
Write Down Your Responses