समाचार
»
खलंगाबाट छुटेको पाँच मिनेटमै भिरबाट खस्यो बस
खलंगाबाट छुटेको पाँच मिनेटमै भिरबाट खस्यो बस
जाजरकोटः जाजरकोटको खलंगाबाट साल्माको खाराका लागि छुटेको ना ३ ख २२७९ यात्रुबहाक बस पाँच मिनेटमै दुर्घटनामा परेको छ।
२३ जना यात्रु रहेको चलानी काटेर सदरमुकाम खलंगाबाट खारातर्फ गइरहेको उक्त बस भेरीमालिका–४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा सदरमुकामबाट छुटेको पाँच मिनेटमै दुर्घटनामा परेको हो।
दुर्घटनामा १० जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन्। बस भेरीमालिका–४, बोहोरा गाउँको मोडबाट पासागाड खोला करिव दुई सय मिटर तल खसेको छ।
दुर्घटनामा परेकाहरुको उद्धारमा अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासी जुटिरहेका छन्। १० जनाको शव निकालिएको छ भने १५ जना घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको छ।
0 comments
Write Down Your Responses