समाचार
»
मुसहर बस्तीको ७५ प्रतिशत काम सकियो, छाना हाल्ने काम सुरु
मुसहर बस्तीको ७५ प्रतिशत काम सकियो, छाना हाल्ने काम सुरु
मुसहर बस्तीको ७५ प्रतिशत काम सकियो, छाना हाल्ने काम सुरु
२५ फागुन, काठमाडौं । २ महिना पहिले महजोडीले शिलान्यास गरेको बर्दिवास-२ महोत्तरीमा बनिरहेकोे एकिकृत नमुना मुसहर बस्तीको ७५ प्रतिशत काम सकिएको छ ।
नमुना बस्तीका परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेका अनुसार मुसहर बस्ती निर्माणका लागि अब लगभग २५ प्रतिशत मात्र काम बाँकी छ ।
पहिलो महिना ३० प्रतिशत काम सकाएको फाउण्डेशनले तीव्र गतिमा काम गरिरहेको छ । बस्तीको कामले ब्यस्त र आफै श्रमदानमा खटिरहेका फाउण्डेशनका अध्यक्ष कट्टेलले नयाँ बर्षमा जसरी भएपनि मुसहर समुदायलाई बस्ती हस्तान्तरण गरिने बताएका छन् ।
‘हामीले सोचेभन्दा छिटो काम भईरहेको छ’ उनले भने ‘निर्माण कार्यमा साथ र सहयोग गरि हौसला दिनुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छौ ।’
गर्मी बढिरहेको समयमा धुर्मुस सुन्तलीले गरेको निर्माण कार्यका लागि सहयोग रकम उठ्ने कार्य पनि निरन्तर जारी छ । फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीले दिएको जानकारीअनुसार अहिलेसम्म फाउण्डेशनलाई २ करोड १० लाख अनुदान प्राप्त भएको छ ।
जसमा कृषि विकास बैंकमा रहेको १ करोडसहित फाउण्डेशनसँग ३ करोड १० लाख बराबरको सहयोग प्राप्त भएपनि रकम तीब्र गतिमा खर्च भइरहेको छ । खत्रीलेे फाउण्डेशनले २ करोड १५ लाख भन्दा बढी रकम खर्च गरिसकेको बताए ।
0 comments
Write Down Your Responses