वडा कार्यालयका साइन वोर्ड स्थानीयको नियन्त्रणमा
।
चौरजहारी नगरपालिकाका १०, ११ र १२ वडाका संयुक्त वडा कार्यालय स्थापना गर्न गएका चौरजहारी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सहित टोली खोलागाउँ पुगेको थियो । स्थानीयहरूले वडा कार्यालय स्थापना गर्न अवरोध पुर्याएपछि कार्यालय स्थापना नगरी उक्त टोली फर्किएको छ । यस भन्दा पहिला स्थानीय पुनसंरचना समितिले जहरी नगरपालिका बनाउने निर्णय गरेको थियो । यहाँका वासिन्दाहरूले चौरजहारी नगरपालिकाको नाम जहारी नगरपालिका नहुँदा सम्म वडा कार्यालय स्थापना गर्न नदिने बताएका छन् । वडा कार्यालयमा झुन्ड्याउन लगिएको साइनवोर्ड समेत यहाँका बासिन्दाहरूले नियन्त्रणमा लिएका छन् । चौरजहारी नगरपालिकाले गरेका कुनै पनि कार्यक्रममा खोलागाउँका वासिन्दाहरुले सहभागिता नजनाउने यहाँका डिल्ली वहादुर खत्रीले बताए । स्थानीय नियकाले चुनावमा समेत सहभागि नहुने स्थानीयको भनाई छ ।
यसैबीच मुसीकोट नगरपालिकाले भलाक्चा र छिवाङमा संयुक्त वडा कार्यालय स्थापना गरेको छ । भलाक्चा वडा नं. ९ र १० को वडा कार्यालय र छिवाङमा १३ र १४ संयुक्त वडा कार्यालय स्थापना गरिएको मुसीकोट नगरपालिकाका सूचना अधिकारी रामबहादुर केसीले बताए । नगरपालिकाले चौखावाङमा यस अघिनै संयुक्त वडा कार्यालय स्थापना गरेको थियो ।


0 comments
Write Down Your Responses