राजेन्द्र महतोको एमालेसँग यस्तो अाशा
एमालेको मेची-महाकाली अभियान बिथोल्ने प्रयास गरिरहेको मोर्चाका एक मुख्य नेता महतोले मधेसको समस्या समाधानका लागि एमालेको भूमिकाको अपेक्षा गरे। उनले भने, 'मधेसलाई अधिकार दिलाउन तीन ठूला दलले पहल गर्नुपर्छ।' एमाले दोस्रो सबैभन्दा ठूलो दल हो।
मधेसवादी दलले अघि सारेको माग सम्बोधन नगरी चुनाव हुन नसक्ने दाबी उनको थियो। '१८ वर्ष चुनाव नहुँदा के फरक पर्यो? त्यसैले दुई महिना समय बढाऔँ र संविधान संशोधन गरी चुनावमा जाऔँ', उनल भने।
मृतकका परिवारलाई आर्थिक सहयोग
यसैबीच, अध्यक्ष महतोले सोमबार भएको झडपका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजनाको परिवारजनसँग भेट गरेका छन्।
सो क्रममा उनले मृतकका परिवारलाई आफ्नो पार्टीका तर्फबाट जनही रु एकलाख २५ हजार आर्थिक सहयोग गरेका छन्। अध्यक्ष महतोले मृतकका सन्तानको शिक्षादीक्षा र भरणपोषणका लागि आफूले व्यक्तिगत र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता दिए।
एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभा विथोल्ने प्रयास गर्दा प्रहरीसँग भएको झडपमा पाँचजनाको मृत्यु भएको थियो। रासस


0 comments
Write Down Your Responses