Welcome to ...

अन्डाको हेल्थ फन्डाः स्वास्थ्य र सौन्दर्यका लागि
अन्डा स्वादिलो हुन्छ । पकाउन गाह्रो छैन । अनेकौ परिकार बनाउन सकिन्छ । त्यसो त अन्डा आफैमा स्वाथ्यबर्द्धक छ, सौन्दर्यबर्द्धक पनि । यसमा रहेको पोषक तत्वले शरीर मजबुद हुन्छ । चाहे अनुहारको छाला चम्काउन, चाहे केसलाई मुलायम बनाउन अन्डाको प्रयोग गर्न सकिन्छ । त्यतीमात्र कहाँ हो र, प्रयोग गरिसकेपछि अन्डाको बोक्रालाई सजावटको सामग्री समेत बनाउन सकिन्छ । के पाइन्छ अन्डामा अन्डामा प्रोटिन, कार्बोहाइड्रेट, राइबोफ्लेविन, कोलिन, भिटिामिन बि-१२, डि, ए बि-६, फोलेट, सेलेनियम, फस्फोरस, आइरन, जिंक, क्याल्सियम, पोटासियम, म्याग्नेसियम जस्ता तत्व पाइन्छ । – प्रोटिन, क्याल्सियम र ओमेगा-३ फ्याटी एसिडको राम्रो स्रोत हो । यसमा प्राप्त हुने प्रोटिनले मांशपेशी बलियो बनाउँछ । – ओमेगा-३ फ्याटी एसिडले शरीरमा राम्रो कोलोस्टोर बढाउँछ । – यसमा रहेको क्याल्सियमले हड्डी तथा दाँतलाई बलियो बनाउँछ । – अन्डा सेवन गर्दा अमिनो एसिड मिल्छ, जसले शरीरको स्टामिना बढाउँछ । – अन्डामा पाइने भिटामिन एले केसलाई बलियो बनाउँछ । – अन्डाको सेतो भागमा उच्च रक्तचाप नियन्त्रण गर्ने तत्व हुन्छ । अन्डाको ब्युटी बेनिफिट्स – अन्डामा स्वास्थ्यसँग सौन्दर्यको राज पनि लुकेको हुन्छ । – अन्डाको पहेंलो भाग घोलेर अनुहारमा लगाउनुपर्छ, यसले अनुहारको छाला मुलायम हुन्छ । – अन्डाको सेतो भाग र ओटमिल मिश्रण गर्नुपर्छ, यसले तैलिया छालाको लागि फेस प्याक बनाउन सकिन्छ । – अन्डाको पहेंलो भाग, कागतीको रस, जैतुनको तेल मिलाएर अनुहारमा लगाउनुपर्छ, रुखो अनुहारमा निखार आँउछ । – अन्डामा एक चम्चा मह, जैतुनको तेल र केहि थोपा गुलाबजल मिलाएर लगाउनाले दागधब्बा हट्छ । केसको लागि अन्डाको प्रयोग – अन्डाको सेवनले केसमा राम्ररी प्रोटिन मिल्छ । केस बाक्लो, मुलायम र बलियो हुन्छ । – एउटा कचौरामा अन्डा फुटाएर हाल्ने, त्यसमा एक ठूलो चम्चा जैतुन वा बदामको तेल र एक चम्चा दही मिसाउने । यस मिश्रण केसमा लगाएर १५ मिनेट त्यतीकै छाड्ने । यो केसका लागि राम्रो कन्डिसनर हो । – पातलो केसलाई बाक्लो बनाउनका लागि अन्डाको सेतो भागमा कागतीको रस चुहाएर त्यसको मिश्रण प्रयोग गर्नुपर्छ । २०७३ फागुन २६ गते १०:४३ मा प्रकाशित

0 comments

Write Down Your Responses