Welcome to ...

सौर्य एयरलाइन्सले ल्यायो दोस्रो विमान, दुई सातापछि उडान भर्ने
९ फागुन, काठमाडौं । सौर्य एयरलाइन्सले आइतबारदेखि एउटा विमान थप गरेको छ । सीआरजे २०० बम्बाडयर नामको विमान अमेरिकाको एरिजोनाबाट उडान भरेर आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । विमान अवतरण भएलगत्तै एयरलाइन्सका पदाधिकारीले त्रिभुवन विमानस्थलमा नै विमान चालकको भव्य स्वागत गर्नुको साथै विमानको पुजा गरेका थिए । क्यानडामा बनेका विमान थप भएसँगै अब सौर्य एयरलाइन्सको विमान संख्या दुई पुगेको छ । नयाँ विमानको व्यवसायिक उडान भने दुई सातापछि मात्र सुरु हुने सौर्य एयरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए । २०७३ फागुन २९ गते १९:०२ मा प्रकाशित

0 comments

Write Down Your Responses