सौर्य एयरलाइन्सले ल्यायो दोस्रो विमान, दुई सातापछि उडान भर्ने
विमान अवतरण भएलगत्तै एयरलाइन्सका पदाधिकारीले त्रिभुवन विमानस्थलमा नै विमान चालकको भव्य स्वागत गर्नुको साथै विमानको पुजा गरेका थिए ।
क्यानडामा बनेका विमान थप भएसँगै अब सौर्य एयरलाइन्सको विमान संख्या दुई पुगेको छ ।
नयाँ विमानको व्यवसायिक उडान भने दुई सातापछि मात्र सुरु हुने सौर्य एयरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए ।
२०७३ फागुन २९ गते १९:०२ मा प्रकाशित


0 comments
Write Down Your Responses