अन्तरास्ट्रिय
»
उत्तर कोरियालाई तह लगाउन अमेरिका र चीन एकै ठाउँमा उभिन सक्ने
उत्तर कोरियालाई तह लगाउन अमेरिका र चीन एकै ठाउँमा उभिन सक्ने
अमिरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चाइनाबिच दक्षिण कोरियालाइ तह लगाउन एकै ठाउँमा उभिन सक्ने सम्भावना रहेको ह्वाइट हाउसले जनाएको छ। आउने महिना हुन लागेको दुई दिने शिखर सम्मेलनमा यो बिषयमा छलफल हुन सक्ने अवस्था सृजना भएको जनाएको छ। 'संसारको सबैभन्दा दोश्रो ठूलो अर्थ ब्यवस्था रहेको चाइनासँग अमेरिका सधै राम्रो सम्वन्ध राख्न तयार छ।' ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले बताएका छन्।
अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको बिजयपछि चीन र अमेरिकाको सम्वन्धले खराव रुप लग्न सक्ने बताइएको थियो। आउँदो महिना दुइ देशका प्रमुखबिच हुने भेटघाटने चाइना र अमेरिकाको सम्वन्धले नयाँ आयाम लग्ने र दक्षिण कोरियाको बिषयमा पनि छलफल हुन सक्ने कुरा चीनको बिदेश मन्त्रालयले समेत पृष्टि गरेको छ। 'दुई देशबिच कहि तनाबहरु छन। यी तनावहरुलाई किनारा लगाउन र नयाँ सम्न्ध स्थापित गर्न आउँदो महिना हुने दुई देशका प्रमुहरुले भेटवार्ताले महत्वपुर्ण भुमिका खेल्ने छ।'
दुई देशका प्रमुखरहरुबिच हुने भेटवार्ताको मुख्य बिषय उत्तर कोरियालाई कसरी तह लगाउने भन्ने बिषयमा हुन सक्ने ह्वाइ हाउसले बताएको छ। भेटघाटको मिति भने तय गरिएको छैन। 'उत्तर कोरियाको समस्यालाई किनारा लगाउने बिषयमा अमेरिका र चाइनाको छलफल हुने छ।'
पछिल्लो समयमा दुवै मुलुकहरु उत्तर कोरियाले गर्दै आएको परमाणु परिक्षणप्रि चिन्ता जताउँदै आइरहेका छन्। उत्तर कोरियालाइ तह लगाउन अमेरिकाले दक्षिण कोरियामा एन्टी मिसाइल सिष्टम स्थापना गर्न सक्ने बिषयले चाइना र अमेरिकाबिच झन बिवाद निम्त्याएको थियो। 'कोरियमा देखिएको सम्यालाइ कसरी हल गर्ने र उत्तर कोरियालाई कसरी मनाउने भन्न् बिषयमै छलफल बढी केन्द्रित हुने छ।' स्पाइसरले बताएका छन।
0 comments
Write Down Your Responses