अन्तरास्ट्रिय
»
दक्षिण कोरियामा बेरोजगारको संख्या ७ बर्ष यताकै उच्च
दक्षिण कोरियामा बेरोजगारको संख्या ७ बर्ष यताकै उच्च
कोरियाको कुल बेरोजगारी दर बढ्दो पछिल्लो एक तथ्यांकले देखाएको छ। बुधबार प्रकाशित एक सरकारी तथ्यांकले गत फेब्रुरीमा मात्र यहाँको बेरोजगारी दर ५ प्रतिशत भन्दा बढीले बढेको देखाएको छ। कोरियाको यो बेरोजगारी दर सन् २०१० यताकै सबैभन्दा उच्च हो।
आर्थिक बिश्लेषकका अनुसार लामो समय सम्म आएको आर्थिक मन्दी, घरेलु उत्पादनको खपतमा कमि तथा अन्य बाह्य कारणले कोरियाको श्रम बजारलाइ नकारात्मक असर पारेको छ। गत बर्षको तुलनामा यो बर्ष ०.१ प्रतिशतले बढेको बेरोजगारी दर सन् २०१३ मा ४ प्रतिशत मात्र रहेको थियो। त्यस्तै यो बर्ष युवा बेरोजगारी दर भने १२.३ प्रतिशत छ भने सन् २०१३ मा ९.१ प्रतिशत थियो।
पुर्ब राष्ट्रपति पार्क गुन्हेको भ्रष्ट्राचार प्रकरणले कोरियाको श्रम बजारलाई नकारात्मक असर पार्न सक्ने भएकोले बेरोजगारी दर अझै बढ्न सक्ने समेत बताइएको छ। त्यस्तै फेब्रुरी अधिकांस बिधार्थिले युनिभर्सिटी ग्राजुएसन सकेर रोजगार बजारमा प्रवेश गर्ने भएकोले पनि बेरोजगारी दर बढ्न गएको तथ्यांकमा उल्लेख छ।
रोजगारक अभाब हुन थालेपछि अधिकांस पढेलेखेका युवा हरु आफ्नै ब्याबसाय तिर आकर्षित हुन् थालेका छन्।
0 comments
Write Down Your Responses