कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीलाई मोदीका सुरक्षा सल्लाहकार डोवलको फोन
सल्लाहकार डोवलले शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी घटनाप्रति दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्री दाहालको वेभ साइटमा उल्लेख गरिएको छ। टेलिफोनका क्रममा डोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको बताएका थिए। डोवलले भारत सरकारको छानविन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए।
टेलिफोनका क्रममा डोवलले कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको बताएका थिए।
टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्रीले कञ्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताए। प्रधानमन्त्रीले डोवललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताए। टेलिफोनमा प्रधानमन्त्री दाहालले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कार्वाही हुने नेपालको अपेक्षा रहेको बताए।
आज नै भारतीय दूतावासका कार्यवाहक राजदूत विनय कुमारले परराष्ट्र सचिव शंकर बैरागीसँग भेट गरी घटनाबारे दु:ख व्यक्त गरेका छन्। घटनाको अनुसन्धानमा सघाउन पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक रिपोर्ट उपलव्ध गराउन अनुरोध गरेका थिए।


0 comments
Write Down Your Responses