प्रवास
»
धुर्मुस सुन्तली फाउन्डेसनकलागि कोरियामा आर्थिक सहयोग अभियान reed mor
धुर्मुस सुन्तली फाउन्डेसनकलागि कोरियामा आर्थिक सहयोग अभियान reed mor
धुर्मुस सुन्तलीको एकिकृत मुसहर बस्ती निर्माणका लागि कोरियामा रहेका नेपाली युवाले आर्थिक सहयोग अभियान लाइ तिब्रता दिएका छन्। महोत्तरीको बर्दिवास–२ मा निर्माणाधीन एकिकृत नमुना मुसहर बस्तीका लागि आर्थिक सहयोग गर्न कोरियामा रहेका नेपाली युवाहरुको एक समूहले आर्थिक संकलन अभियानलाइ तिब्रता दिएको हो। धमाधम बस्ती निर्माणको काम भइरहेको बेलामा आर्थिक अभाव देखिएको खबर सार्वजानिक भएपछि सामाजिक सञ्जाल फेसबुकमा खोलिएको स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान, दक्षिण कोरियाले आर्थिक संकलनको कामलाई अगाडी बढाएको हो।
आर्थिक संकलन अभियानमा अहिले सम्म करिब २ सय २० जना भन्दा धेरै दाताहरुले २० हजार देखि ५० हजार कोरियन वोन सम्म सहयोग गरिसकेका छन् भने आर्थिक सहयोग गर्नेको संख्या बढिरहेको अभियानमा जुटेका काभ्रेका यम श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार अहिले सम्म करिब ५ लाख भन्दा बढि नेपाली रुपैया संकलन भइसकेको र सहयोग गर्ने इच्छुक अझै रहेकोले संकलन कार्यलाई थप एक हप्ता सम्म जारी राख्ने बताए।

प्राकृतिक विपत्ति र गत वर्षको महाभुकम्पका कारण घरवार विहिन भएकाहरुलाई राज्यले नै सक्रिय भएर घर निर्माणमा जुट्नु पर्ने बेलामा धुर्मस सुन्तली फाउण्डेसन अगाडि बढ्नु राम्रो कार्य भएको अभियानमा सक्रिय युवाहरुको बुझाई छ।
उनिहरुले युद्धस्तरमा निर्माण भइरहेको मुसहर वस्तीमा आर्थिक अभाव देखिएको खबर आएपछि विदेशमा पसिना बगाएको केहि रकमले फाउण्डेसनको अभियानमा सहगोग पुग्ने भएकोले अभियानमा जुटेको बताए।
यसैगरी हेल्प नेपाल नेटवर्क कोरिया शाखाले पनि बस्ती निर्माणमा सहयोग पुर्याउन संकलन कर्यालाई तिब्रता दिएको छ। यस अघि नेपालमा घटेका विभिन्न प्राकृतिक विपत्तीमा सहयोग अभियान चलाएको नेटवर्कले मुसहर बस्ती निर्माणका लागि पनि दश हजार कोरियन वोन अभियान चलाएको हा।े त्यस्तै कोरिया मै रहेका सक्रिय युवाहरुको समुह राइजिंग स्टार ग्रुपले पनि एकिकृत मुसहर बस्ति निर्माण सहयोगार्थ कोरियाका बिभिन्न सहरहरुमा नेपाली कथानक चलचित्र लूट टु प्रदर्शन गरिरहेको छ।
संकलित रकम फाउण्डेशनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई बुझाउने तयारी पनि अभियानको छ। यसैबीच अभियानले मुसहर बस्ती निर्माण अभियानमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोगको हात अघि बढाउन पनि सम्पुर्ण नेपालीलाई आह्वान समेत गरेको छ।
0 comments
Write Down Your Responses