ढिके नुनकै भरमा जाजरकोटबासी reed mor
अधिकांश गाविसमा पुग्दैन आयो नुन
जिल्लाका नायकवाडा, रामीडाडा, रोकायगाउ, सक्ला, खगेनकोट, रग्दा, भगवती, पजारु, दह, लगाएत १८ भन्दा वढी गाविसका स्थानीयले सहुलियतको नुन पाउन नसकेका हुन् । सरकारले उपलब्ध गराउने नुन ढुवानीको समस्याले गाउँमा लैजान अप्ठेरो परेको हो । यी गाविसबाट सदरमुकाम पुग्न २ देखि ५ दिन पैदल हिँड्नुपर्छ। नुनकै लागि साता लामो यात्रा सम्भव नभएकाले बजारमा पाईने आयोडिन नभएको ढिके नुन ल्याएर प्रयोग गदै आएको नायकवाडा ७ का प्रेम शाहीले बताए।
जाजरकोटका दुर्गम स्थानमा रहेका स्थानीयहरु रुकुम जिल्लाका राडी,चोरजहारी, जाजरकोटको कालीमटी, थलह, मोर्क लगाएतका ठाउँबाटट ढिके नुन लिएर खाना वाध्य भएको भगवतीका तेजवहादुर सिंहले बताए।
बजारमा ढिके नुन पर्याप्त मात्रामा बिक्री हुने गरेको नायकवाडा ७ का पृथ्वी विक्रम शाहीले बताए । सडक यातायातको सुबिधा नपुगेका यी गाविसमा बर्खाको समयमा पैदल बाटो समेत बन्द हुने गर्छ। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।
0 comments
Write Down Your Responses