Welcome to ...

मिस युुनिभर्स भन्छिन् : फ्रान्सको रात सबभन्दा रमाइलो1
इरिस मिटेलाइर, मिस युुनिभर्स सन् २०१६ मिस युुनिभर्स सन् २०१६ को ताज जितेपछि इरिस मिटेलाइरको चर्चा र खोजी ह्वात्तै बढेको छ । जनवरी ३० मा फिलिपिन्सको मनिलामा सम्पन्न प्रतियोगितामा २४ वर्षीया इरिसले शीर्ष उपाधि चुुमेकी हुुन् । मिस फ्रान्स २०१६ की विजेता उनी चर्चित मोडेल पनि हुुन् । इरिस मिस युुनिभर्सको ताज जित्ने फ्रान्सकी दोस्रो व्यक्ति हुुन् । यसअघि सन् १९९३ मा क्रिस्टाइन मार्टेलले मिस युुनिभर्सको ताज चुुमेकी थिइन् । उत्तरी फ्रान्समा जन्मिएकी उनी डेन्टल सर्जरीको विद्यार्थी हुुन् । कुुकिङकी सोखिन उनले आफूले बनाएका खानाका परिकार सामाजिक सञ्जालमा नियमित सेयर गर्ने गरेकी छन् । मिस युुनिभर्स प्रतियोगितामा उनलाई सोधिएका प्रश्न र उनको रमाइलो जवाफको चर्चा बढिरहेको छ । धेरैले रुचाएको उनको जवाफ कस्तो छ त ? आफ्नो मुुलुुकको प्रतिनिधित्व गरिरहँदा के कुुराले गर्व लाग्छ ? फ्रान्स इतिहास बोकेको मुुलुुक हो । इतिहासबाहेक यहाँ धेरै सुुन्दर सहर र ठाउँहरू छन् । मलाई फ्रान्सेली नागरिक भएकोमा गर्व लाग्छ । म एउटी महिलाका रूपमा सम्पूर्ण फ्रान्सेली महिलालाई प्रतिनिधित्व गरिरहेको छुु जसले सम्पूर्ण फ्रान्सेली महिलाका बारेमा संसारसामुु बुुझाउनेछ । मेरो मुुलुुक यस्तो मुुलुुक हो जसले स्वतन्त्रता, समानता, भ्रातृत्वलाई महत्व दिन्छ । सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिदेखिको यस्ता कुुरालाई प्राथमिकता दिँदै आएको छ । त्यसैले मलाई आज मेरो मुुलुुकको प्रतिनिधित्व गरिरहँदा साँच्चै नै गर्व लागेको छ ।

0 comments

Write Down Your Responses