Welcome to ...

सेना दिवसमा टुँडिखेलमा जे देखियो (फोटोफिचर) 1
काठमाडौं : महाशिवरात्रि एवम् सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलको वीर स्मारकमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गरेकी छिन् भने नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गरेकी छिन्। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सेना दिवसको समारोहमा ‘फ्री फल जम्प’का विजयीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरेकी छिन्। फ्री फल जम्पमा हुद्धा रुवेन पतवार प्रथम, अर्जुन गौतम दोस्रो भएका छन्। टुँडिखेलमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ आरम्भ गर्नुका साथै बढाइँ कवाजअन्तर्गत लहरे, एकठठा, षट्कोष आकार, डमरु त्रिशूलको आकृति प्रस्तुत गरेको छ । मार्चपास, सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको छ। कार्यक्रममा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरेको छ । सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । कार्यक्रममा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको छ। सँगै विशेष फौज बाहिनीबाट आतङ्ककारी आक्रमणमा परेका नागरिकलाई उद्दार गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरिएको छ। सामारेहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्ती पनि सहभागी थिए। समारोहमा रक्षामन्त्री बालकृष्ण खाँणसहितका मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभावको पनि सो अवसरमा उपस्थिति थियो । समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रकृति संरक्षणअन्तर्गत प्रथम हुने श्रीजङ्ग गण र वीरभद्रजङ्ग गुल्मलाई ट्रफी प्रदान गरे। प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा प्रथम हुने मध्यपृतनालाई प्रधानसेनापति ट्रफी प्रदान गरियो । समारोहमा दुर्गाबक्स गणलाई ब्यानर प्रदान गरिएको थियो । रासस

0 comments

Write Down Your Responses