Welcome to ...

राष्ट्रिय एकता भेलामा 50 लाख उर्ताने ओलीको घोषणा
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा विद्यमान संक्रमणकालको अन्त्य, स्थिरता, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची-महाकाली अभियान सार्थक हुने बताएका छन्। ‘आगामी २१ देखि चैत ५ गतेसम्म आयोजना हुने मेची-महाकाली राष्ट्रिय अभियान संक्रमणकालको अन्त्य, स्थिरता, राष्ट्रिय एकता एवं सामाजिक सद्भावका लागि हो’, पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार उनले भने। अभियानक्रममा एमालेका बारेमा उत्पन्न गरिएका भ्रम चिर्न उनले स्वयंसेवकलाई निर्देशन दिए। ‘यो अभियानमा सरिक हुने सबैले एमालेका बारेमा उत्पन्न गरिएका भ्रम चिर्दै अघि बढ्नुपर्छ। यो एउटा यस्तो अभियान हो जो अभूतपूर्व छ, असाधारण छ, छर्लंग छ’, उनले भने। एमालेबाहेक अन्य शक्तिले यस्तो कार्यक्रम गर्नै नसक्ने जिकिर उनले गरे। ‘यस्तो विचार र संगठन अरू दलसँग छँदै छैन। यो एउटा राष्ट्रका लागि गरिएको प्रण र प्रतिबद्धता पनि हो’, उनले भने। अभियानमा करिब १० हजार स्वयंसेवक परिचालन गरिएको छ। स्वयंसेवकलाई निर्देशन दिँदै उनले भने, ‘यो अभियान जनताका लागि राष्ट्रको पहिचान भएकाले सेल्फी खिच्ने र फेसबुक रंग्याउने कार्य नहोस्।’ विरलै निश्चित समयमा कार्यक्रममा सहभागी हुने ओलीले आफ्नो स्वास्थ्य ठीक नभएको जानकारी दिँदै भने, ‘तपाईंहरूले सबैभन्दा बढी स्वास्थ्यलाई ख्याल गर्नुहोस्। सबैभन्दा ठूलो स्वास्थ्य हो। मेरो स्वास्थ्य अलि ठीक छैन।’

0 comments

Write Down Your Responses