Welcome to ...

रक्तचाप परीक्षण गर्दा ध्यान दिनुपर्ने १० कुराa
रक्तचाप परीक्षण गर्दा बोल्न हुँदैन । कम्तीमा पाँच मिनेटको विश्रामपछि मात्र परीक्षण गर्नुपर्छ । हातलाई टेबलमाथि राख्नुपर्छ । पहिलोपटक दुवै हातमा नाप्नुपर्छ । प्रेसर बढी भएको हातमा पुन: नाप्नुपर्छ । कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ । प्रेसर नाप्नुभन्दा कम्तीमा ३० मिनेटअघिदेखि खाना, चिया, सुर्ती खाएको हुनुहुँदैन । खुट्टा एक अर्कोमाथि राख्न हुँदैन । लुगाको माथिबाट नाप्नु हुँदैन । हिँडडुल वा व्यायम गर्नेबित्तिकै नाप्नु हुँदैन ।

0 comments

Write Down Your Responses