Welcome to ...

एक कोसा केरा खाँदा यति धेरै फाइदा !
केरा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । हरेकदिन एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहन्छ भने स्फुुर्ती बढ्छ । केरामा सुगर र फाइबर प्रशस्त पाइन्छ । त्यस्तै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । त्यसो त केरालाई उर्जा दिने स्रोतको रुपमा पनि हेरिन्छ । साथै यसमा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिटन १.३ प्रतिशत, कार्बोहाइट्रेड २४.७ प्रतिशत तथा चिल्लो पदार्थ ८.७ प्रतिशत हुन्छ । यसबाहेक अरु धेरै फाइदा पनि हुन्छ । ती यसप्रकारका छन् : १. केरामा पोटासियम पाइन्छ । जो उच्च रक्तचापका विरामीका लागि निकै फाइदाजनक हुन्छ । २. अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्न केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुन्छ । ३. केराको सेवनले पेटलाई सितलता प्रदान गर्छ । ४. केराको सेवनले मधुमेहलाई समेत नियन्त्रण गर्छ । ५. केरामा अत्यधिक फाइवर पाइन्छ ६. केराको सेवनले पाँचन प्रकृयालाई नियमित गराउन सहयोग पुग्छ । ७. अल्सरका विरामकिा लावि केराको सेवन लाभदायी हुन्छ , ८. केरामा आइरन भरपुर मात्रामा हुन्छ । जसका कारण रगतमा हेमोग्लोविनको मात्रा बढ्छ । ९. तनाव क मगर्नका लागि पनि उपयोगी हुन्छ केरा १०. केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।

0 comments

Write Down Your Responses