Welcome to ...

अनमोलको कपाल जति लुकाएपनि लुकेन, कसले खुलायो उनको लुक ?
नायक अनमोल केसीलाई अहिले निकै गाह्रो छ । चलचित्र ‘कृ’को छायांकन सुरु नभएकाले पनि उनलाई यसको लुक सार्वजनिक होला कि भन्ने पिर छ । यहि, चलचित्रको गेटअप लुकाउनका लागि उनी घरबाट बाहिर निस्किएका छैनन् भने, कतै जानु परिहालेको खण्डमा बढ्दै गरेको कपाल लुकाएर जाने गरेका छन् । तर, अनमोलको बढ्दै गरेको लामो कपाल जति लुकाएपनि लुक्न सकेन । कलाकार महादेव त्रिपाठीले नायक अनमोल केसीको गेटअप सार्वजनिक गरिदिएका छन् । अनमोलसँग महादेव उनले निर्माण गरेको चलचित्र ‘जोकर’को बिषयमा छलफल गर्न उनको घरमा पुगेका थिए । सोहि, समयमा उनले खिचेको सेल्फीमा अनमोलको लामो कपाल प्रष्ट देखिन्छ ।

0 comments

Write Down Your Responses