Welcome to ...

एपेन्डिक्सको उपचार पछि कप्तान पारस घर फर्किए
काठमाडौं- नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एपेन्डिक्सको अप्रेसन पछि आइतबार घर फर्किएका छन्। शुक्रबार पेटको अत्याधिक दुखाई पछि उनलाई धापासी स्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी गरिएको अस्पतालले जनाएको छ। उक्त प्रविधिबाट गुजुल्टीएका आन्दाहरु मिलाउने गरिन्छ। खड्काको इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी गरीएको अस्पतालका डाइरेक्टर डा. चक्रराज पाण्डेले बताए। खड्काको पेटमा सानो प्वाल पारेर सर्जरी गरिएको थियो। खड्काले भारतमा गएर नेपालले खेल्ने तीन वटा तयारी खेल गुमाउने भएका छन्। नेपाली टिम मार्च ११ र १३ को लागि तय भएको आइसिसि विश्व क्रिकेट लिग अन्तर्गत केन्यासँग खेल्नु अघि तयारी खेलको लागि भारत जान लागेको हो।

0 comments

Write Down Your Responses